Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

धरान, १७ माघ । जबरजस्ती करणीको अभियोग लागेका एसएसपी सौरभ राणालाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीले जिल्ला अदालत सुनसरीबाट पक्राउ पूर्जी जारी गरेको छ। पीडित भनिएकी महिलाले आफूलाई राणाले पटकपटक यौन शोषण गरेको व्यहोरा उजुरीमा खुलाएकी छिन्।झापाको विर्तामोड स्थायी घर भएकी महिलाले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जबरजस्ती करणी को मुद्धा दर्ता गरेपछि गृहमन्त्रालयले एसएसपी शौरभ राणलाई शुक्रबार निलम्बन गरेको हो।

गृह मन्त्रालयले शुक्रबारदेखि लागु हुनेगरी एसएसपी राणालाई निलम्बन गरिएको गृह प्रवक्ता नारायण शर्माले जानकारी दिएका छन् । उनले राणामाथि लागेको आरोपको छानविन गर्न तीन सदस्य छानविन समिति समेत गठन गरिएको बताए । गृहमन्त्रालयले छानविन समितिको नाम गोप्य राखेको छ ।

निलम्बनमा परेका एसएसपी शौरभ राणा भने संघीय प्रहरी कार्यालयको हैसियतमै रहेका छन् । राणाले आफूलाई गृहमन्त्रालयले निलम्बन गरेको विषयमा औपचारिक जानकारी नआएको बताएका छन् । एसएसपी राणले जिल्ला प्रहरी कार्यालय झापामा डीएसपी हुँदादेखि विर्तामोडकी लिम्बू थरकी विवाहित महिलालाई १५ वर्षदेखि डरधम्की दिएर जबरजस्ती करणी गरेको आरोप लगाएकी छन्।

राणा जिल्ला प्रहरी कार्यालय सुनसरी, प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरी र संघीय प्रहरी कार्यालय धरानको प्रमुख हुँदा समेत डरधम्की दिएर आफूलाई जबरजस्ती करणी गरेको प्रहरीलाई बयान दिएकी छन्। पीडित महिलाले राणाले आफूलाई डरधम्की दिएर इटहरीको एक होटलमा लगि जबरजस्ती गरेको उजुरीमा उल्लेख गरेकी छन् । सोहि उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनास्थलको मुचुल्का तयार गर्न प्रहरी परिचालन गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीले राणाविरुद्ध जबरजस्ती करणी ऐनअन्र्तगत मुद्धा दर्ता गरेको भएपनि पक्राउ गरी हिरासतमा लिएको छैन् । जबरजस्ती करणी ऐनअन्र्तगत मुद्धा दर्ता गरिएका एसएसपी राणालाई तत्काल पक्राउ गरी नियन्त्रणमा लिन मानव अधिकार सञ्जाल सुनसरीका संयोजक रमेश भट्टराईले माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी विनोद शर्माले पीडित महिलाको वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्य परीक्षण गरिएको बताए । उनले राणालाई पक्राउ गर्न जिल्ला अदालत सुनसरीबाट आदेश लिने तयारी भइरहेको बताएका छन्।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया