Online Bichar
शुक्रबार, आश्विन २३, २०८३ | Friday, October 9, 2026

एजेन्सी
काठ्माडौं, १६ माघ । विश्वका विभिन्न देशमा फैलिदै गएको कोरोना भाइरस विरुद्धको खोप प्रयोग योग्य हुन अझै तीन महिना लाग्ने चिनियाँ अधिकारीले बताएका छन् । ‘हामीले अहिले कोरोना भाइरसका पाँच स्वरूपलाई छुट्याउन सफल भएका छौँ जसमध्ये दुई यसको खोप निर्माणका लागि उपयोगी देखिएका छन् ।’

कम्तीमा तीन महिनामा खोपलाई परीक्षणमा ल्याउन सकिने आशा गर्न सकिने खोपका लागि अनुसन्धानमा संलग्न रहेका चिनियाँ विषेशज्ञ लि लाङजुनले बुधबार जानकारी दिए । चिनियाँ समाचार संस्था सिन्ह्वासँगको अन्तवार्ताका क्रममा उनले खोपको विकासका लागि गर्नुपर्ने विभिन्न प्रक्रियागत कामहरु भइरहेको बताए ।

चिनियाँ स्वास्थ्य अधिकारीहरुले बिहीबारसम्ममा सात हजार ७११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको जनाएका छन् । उनीहरुका अनुसार अहिलेसम्म १७० जनाको यही सङ्क्रमणका कारण मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments