Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठ्माडौं, १५ माघ । चीनमा कोरोना भाइरसको संक्रमण बढेपछि रसुवागढी र तातोपानी नाकाबाट पर्यटकको आवागमन १५ दिनलाई बन्द गरिएको छ ।

चिनियाँ पर्यटकको आवातजावतबाट भाइरसको संक्रमण फैलिनसक्ने भएकाले पर्यटकको आवागमन रोकिएको हो ।गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले दुई देशकै सहमतिमा १५ दिनलाई आवातजावत बन्द गरिएको बताए ।

चीनमा कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म एक सय भन्दा बढीको मृत्यु भइसकेको छ भने ५ हजार भन्दा बढीमा संक्रमण भएको छ ।
कोरोना भाइरस मानिसबाट मानिसमा सजिलै सर्ने भएका कारण चीनबाट नेपाल आउने पर्यटकको आवागमन बन्द गरिएको हो ।

तपाईको प्रतिक्रिया