Online Bichar
बुधबार, बैशाख ०५, २०८१ | Wednesday, April 17, 2024

काठमाडौं, १५ माघ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई संसद्‌बाट अनुमोदन गर्दा नेपाललाई फाइदा पुग्‍ने बताएका छन् । बुधबार नेकपा केन्द्रीय समिति बैठकको उद्‍घाटनमा बोल्दै ओलीले एमसीसीअन्तर्गतको अमेरिकी आर्थिक सहयोग स्वीकार गर्नुपर्ने बताएका हुन्। एमसीसी इन्डो-प्यासिफिकसँग जोडिएको छैन, यसलाई संसदबाट अनुमोदन गर्नु पर्छु उनले भने, यसले नेपाललाई घाटा होइन, फाइदा पुग्छ।

एमसीसीका केही प्रावधान देशहितविपरीत रहेको भन्दै सत्तारुढ नेकपाकै नेताले आलोचना गरिरहेको बेला ओलीले संसद्‌बाट अनुमोदनको विषयलाई दोहोर्‍याएका हुन्। उनले एमसीसीका सबै बुँदा पढेको उल्लेख गर्दै कुनै भ्रममा नपर्न पार्टीपंक्तिलाई आग्रह गरे।

मंगलबारको प्रतिनिधि सभा बैठकमा पनि प्रधानमन्त्री ओलीले एमसीसी पारित गर्नुपर्ने विचार राखेका थिए।प्रतिपक्षी कांग्रेस पनि एमसीसी सम्झौतालाई संसद्‌बाट छिट्टै अनुमोदन गराउनुपर्ने पक्षमा उभिएको छ।कान्तिपुर

तपाईको प्रतिक्रिया