Online Bichar
शुक्रबार, आषाढ १९, २०८३ | Friday, July 3, 2026

गौरादह- झापा गौरादहमा डेंगु रोग सम्बन्धि १ दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाले सरोकारवालाहरु सँग परार्मश लिन आयोजना गरेको कार्यक्रममा गौरादह नगरपालिका भित्रका महिला स्वास्थ्य स्वंयसेविका, स्वास्थ्य चौकी प्रमुख र जनप्रतिनिधिहरु सहभागि भएका थिए।

गौरादह नगरपालिका को सभाहलमा आयोजना गरिएको कायक्रममा भेक्टर कन्ट्रोल अधिकृतहरु जीवन चौंलागाईं र वेदप्रसाद घिमिरे ले सहजिकरण गरेका थिए।

डेंगु रोगको कारक तत्व, रोग सर्ने कारणह, बासस्थान, लक्षण, चिन्ह र उपचार का बारेमा जानकारी गराएका थिए। त्यसअवसरमा डेंगु रोग बाट बच्न लामखुट्टेको टोकाइ बाट बच्न आवश्यक रहेकाले त्यसको वृद्घि विकास मा नियन्त्रण गर्न आवश्यक रहेको बताए।

गौरादह क्षेत्रमा रहेका ग्यारेज, होटल तथा नाला मा रहेका लामखुट्टेको लार्भाहरु खोजी गर्दै नष्ट गरेका छन्।
जिल्ला जनस्वास्थय काार्यालय झापा प्रमुख मधुसुदन कोइराला को सभापतित्वमा सम्पन्न कार्यक्रममा नगरपालीका का मेयर रोहित कुमार शाह प्रमुख अतिथि रहेको गौरादह नगर स्वास्थ्य सह संयोजक गोविन्द श्रेष्ठ ले जानकारी गराए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments