Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरादह, १४ माघ । फौजी किराबाट किसानले लगाएको बालि जोगाउन फौजी किरा नियन्त्रणकालागि अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न भएको छ।गौरादह नगरपालिका भित्रका वडा कार्यलय,सहज कार्यक्रम र चुडाल खरिदबिक्री केन्द्र गौरादहको संयुक्त आयोजनामा अभिमुखिकरण तालिम कार्यक्रम सम्पन्न भएको हो।

पछिल्लो समयमा धान तथा मकै बालिमा फौजी किराले आक्रमण गर्दा किसानहरूले ठुलो क्षती व्योहर्नु परिरहेकाले तालिम आयोजना गरिएको हो। गुणस्तरीय बिउबिजन, प्राविधिक र प्रविधिमा किसानको सहज पहुच पुराउने उद्देश्यले बिगत वर्ष देखि चुडाल खरिद बिक्री केन्द्र गौरादहले किसानहरुलाई धान तथा उन्नतजातको मकै खेति प्रबर्द्धन र बजारिकरण गरि किसानहरुलाई राहत दिंदै आएको छ।

किसानहरुको माग अनुसार तालिम, उन्नत जातको मकैको बीउ वितरण, मेसिनबाट मकै रोप्ने, मकै छोडाई सुकाउने र उचित मुल्यमा मकै खरिद गर्ने गरेको छ। किसानहरुलाई खेतीमा आधुनिकिकरण, उन्नत जातको बालि लगाई आयआर्जनमा वृद्धि गराउन चुडाल खरिद बिक्री केन्द्रले सहयोग गरेको केन्द्रका प्रोप्राइटर असोक चुडालले बताए।

अभिमुखिकरण कार्यक्रम मंगलबार वडा नं.८ र ९ मा संचालन गरिएको छ। वडा नं.८ मा भएको कार्यक्रममा वडा भित्रका ३५ जना र वडा नं.९ मा भएको कार्यक्रममा २५ जना किसान सहभागी भएका थिए। यस अघि सोहि प्रकृतिको तालिम वडा नं.१, ६ र ७ मा संचालन गरिसकिएको चुडाल खरिद बिक्री केन्द्रका भरत सेढाईले जानकारी गराए ।

कृषि विकास निर्देशनालयकि बालि संरक्षण अधिकृत सरस्वती श्रेष्ठले सहभागी किसानहरुलाई फौजी किरा नियन्त्रण तथा व्यवस्थापनका लागि सहजिकरण गरेकि थिईन। फौजी किराको प्रकार, बालिमा किरा आउने अबस्था, नियन्त्रणका उपाय, प्रयोग गरिने विषादी लगायतका विषयमा सहजिकरण गरेकि थिईन।

विभिन्न प्रकारका रोग तथा किराहरुले बालिमा आक्रमण गरेर किसानहरु निरास भईरहेको समयमा यस प्रकारको तालिमबाट किरा नियन्त्रणमा सहयोग पुगेको तालिममा सहभागी किसान ईच्छाराम धमलाले बताए। गौरादह नगरपालिकाले सहजिकरणको भुमिका निर्वाह गरेको कार्यक्रममा वडा नं ८ मा वडाध्यक्ष भुमिराज पोख्रेल र वडा नं ९ मा वडा सदस्य यम कुमारी प्रधान को सभापतित्वमा तालिम सम्पन्न भएको सहजका प्रतिनिधि दिपक बिष्ट ले जानकारी गराए।
Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया