Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

गौरादह, १३ माघ । गौरादह बहुमुखी क्याम्पसमा तह वृद्धि सँगै विद्यार्थीहरुको उपस्थिति न्युन हुनु तथा कलेज छोड्नुका कारण र समाधानका उपायहरु विषयमा एकदिने गोष्ठी सम्पन्न भएको छ ।

गौरादह बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न गोष्ठीमा कलेजमा विद्यार्थीको उपस्थिति न्युन हुनु, कलेज छोड्नुका कारण र समाधानका उपायहरुको बारेमा छलफल गरिएको थियो । बि.एड चौथो वर्षमा अध्यनरत विद्यार्थीहरुले आयोजना गरेको गोष्ठीमा कलेजमा विद्यार्थी न्युन हुनु तथा कलेज बिचमै छोड्नुको मूख्य कारण यातायातको असुविधा, गरिबी, पढ्न मन नभएर विद्यार्थीको संख्यामा कमी आउने गरेको बताइएको छ ।

यस्तैगरि विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्थ गर्ने, उपलब्ध भएसम्म विद्यार्थीहरुको सजिलोका लागि कलेज बसको व्यवस्थ गर्ने निष्कर्ष निकालिएको बि.एड चौथो वर्षमा अध्यनरत विद्यार्थी प्रदिप धमलाले जानकारी दिए ।

बि.एड चौथो वर्षमा अध्यनरत विद्यार्थी भुमा खड्का को सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि क्याम्पस प्रमुख हिन्द बहादुर दाहाल रहेका गोष्ठीमा शिक्षक र सोही क्याम्पसमा अध्यनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थी प्रदिप धमलाले कार्यक्रम सञ्चालन गरेका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

 

तपाईको प्रतिक्रिया