Online Bichar
आइतबार, जेठ २१, २०८० | Sunday, June 4, 2023

झापा, १३ माघ । गौरादह पोखरी विकास समितिको सदस्यबाट युवा नेता पुष्प ढकालले राजिनामा गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) झापा जिल्ला सचिवालय सदस्य समेत रहेका ढकालले आफ्नो गृहनगरमा रहेको पोखरी विकास आयोजनाबाट किन गरे राजिनामा ?

गौरादह पोखरी विकास समितिका अध्यक्ष तथा संविधान सभा सदस्य दिपक कार्कीलाई संबोधन गरेर ढकालले पेश गरेको राजिनामा पत्रमा समितिको पछिल्लो कार्यशैली प्रति असन्तुष्टी रहेको खुलासा गर्दै आफ्नो कार्यब्यस्तता समेतको कारण राजिनामा गरेको बताइएको छ ।

उनले राजिनामा पत्रमा गौरादहलाई पर्यटनको आकर्षक गन्तब्य बनाउने तथा गौरादहको पहिचान बोकेका पोखरीहरुलाई ब्यवस्थित गर्दै गौरादहको विकासमा प्रभावकारी योगदान पुर्याउने उदेश्यले पोखरी विकास समितिको सदस्य रहेको थिए भनेर उल्लेख गरेका छन् ।

गत बर्ष गौरादह नगर कार्यपालिकाको बैठकको निर्णय अनुसार गठित  समितिका सदस्य ढकालले एक बर्ष पछि ०७६ पुस २७ गते राजिनामा गरेका हुन् । कार्की अध्यक्ष भएको हालको समिति भन्दा अघिल्लो पोखरी विकास समितिको उपाध्यक्षको जिम्मेवारी सम्हालि सकेका ढकालको राजिनामालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

ढकाल उपाध्यक्ष हुदाको सो समितिको अध्यक्ष भने नेपाली काँग्रसका गौरादह नगर सभापति यादबराज सेंडाई रहेका थिए । कार्कीको अध्यक्षतामा गठन भएको वर्तमान समितिको सचिवमा समेत सेंडाईलाई कार्यपालिकाले निर्णय गरेको थियो । तर समितिको पहिलो बैठकदेखि नै समितिका कुनैपनि बैठकमा सचिव सेंडाई हाल सम्म उपस्थित छैनन् । उनले कार्यपालिका प्रमुख समक्ष गत बर्ष नै सचिव पदबाट राजिनामा गरेको बताए ।

सेंढाई अध्यक्ष र ढकाल उपाध्यक्ष भएको अघिल्लो समितिले पोखरीको जमिन अतिक्रमण गरी बनाएका घरटहरा हटाउने तथा सिमांकन गरी घेराबारा गर्ने लगाएतका चुनौतिपूर्ण कामहरु सम्पन्न गरेको बताइएको छ ।

हालको समितिले समेत गत आर्थिक बर्ष २०७५।०७६ मा १ करोड ५ लाखको लागतमा ७२२ मिटरको पोखरी घेराबारा निर्माण सम्पन्न गरेको छ ।

तपाईको प्रतिक्रिया