मंगलबार, चैत्र ०७, २०७९
Tuesday, March 21, 2023

गौरादह, ११ माघ । गौरादह जेसिजको आठौं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम शनिबार(आज) गौरादह उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ । जेसिज वर्ष २०२० का अध्यक्ष तारा कुमार श्रेष्ठलाई जेसिज वर्ष २०१९ का अध्यक्ष जेसि माधव कोइरालाले पद हस्तान्तरण गरे ।

जेसिजको षौष २३ देखि २६ गते सम्म भएको निर्वाचन कार्यक्रम अन्तर्गत भएको निर्विरोध निर्वाचित भएका नव निर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण गरिएको थियो ।

सो अवसरमा गौरादह जेसिजको आठौं पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रत्येक वर्ष गौरादह जेसिजको क्यालेन्डर छपाइको सम्पूर्ण जिम्मेवारी बहन गरे बापत फेवा ल्युब आयल प्रा.लि र जेसीजका कार्यक्रमलाई संचालन गर्न आर्थिक तथा भौतिक सहयोग गरे बापत वडा नं. १ को वडा कार्यालयलाई सम्मान गरेको छ । फेवा ल्युब का तर्फ बाट प्रबन्ध निर्देशक भरत फुयाल र वडा नं.१ का तर्फबाट वडा सदस्य कोमल ढुंगानालाई सम्मान पत्र हस्तान्तरण गरेको थियो ।

यस्तैगरि जेसिजको सक्रिय सदस्य पुरस्कार महासचिव बिनिता कट्वाल, कार्यक्रम संयोजक पुरस्कार उपाध्यक्ष जेसि भानु आचार्य र उत्कृष्ट शाखा पदाधिकारी पुरस्कार कोषाध्यक्ष जेसि प्रकाश भट्टराईलाई प्रदान गरिएको थियो । उत्कृष्ट कार्य सम्पादन गरे बापत गौरादह नगरपालिका का मेयर रोहित कुमार शाह द्वारा स्थापित अक्षयकोष बाट जेसि एकराज घिमिरे लाई सम्मान गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नेपाली काँग्रेसका केन्द्रिय प्रवक्ता विश्वप्रकाश शर्माले जेसिज सबै जना अट्ने छाता संगठन रहेकाले युवाहरुलाई सामाजिक क्षेत्रमा काम गर्दै पारीवारिक सम्बन्ध कायम राखेको बताएका छन् । युवाहरुको यस प्रकारको संस्थाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने हुँदा जेसिजमा आबद्ध भएर देश विकासका लागि नयाँ दृष्टिकोण दिनुपर्ने बताए ।

पदस्थापन कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष श्रेष्ठले निर्वाचनको समयमा आफुले गरेका सम्पूर्ण प्रतिबद्धताहरु पूरा गर्ने बताए । कार्यक्रममा सचिव जेसि निर्मला रिमालले जेसिज आस्था पाठ वाचन गरेकी थिइन् भने, कोषाध्यक्ष प्रकाश भट्टराइले जेसिज मिसन भिजन पाठ वाचन गरेका थिए । पद हस्तान्तरण अघि अध्यक्षता जेसिज वर्ष २०१९ का अध्यक्ष जेसिज माधव कोइरालाको अध्यक्षता रहेको थियो भने पद हस्तान्तरण पछि जेसिज वर्ष २०२० का अध्यक्ष तारा कुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया