Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरीगंज, १० माघ । गौरीगंजमा १ दिने निशुल्क आँखा शिविर संचालन गरिएको छ । गौरीगंज गाउपालिका वडा नं.५ को वडा कार्यालयले आयोजना गरेको आँखा शिविरमा ३ सय जनाले सेवा लिएका थिए।

रवि पञ्चमी चस्मा घर तथा आँखा उपचार सेवा दमक र बिर्ता ज्योती आइ केयर सेन्टर दमकको प्राविधिक सहयोगमा सम्पन्न शिविरमा आँखा जाँच,औषधि र चस्मा निशुल्क वितरण गरिएको थियो । शिविरमा रवि पञ्चमी आँखा उपचारका दृष्टि विषेशज्ञ शिव शंकर महतोको नेतृत्वमा ५ जनाको र बिर्ता ज्योतीको विनोद दाहालको नेतृत्वमा ३ जनाको टोलीले आँखा जाँच गरेको रवि पञ्चमी आँखा उपचार सेवाका प्रोपाइटर रमेश पासवानले जानकारी गराए ।

शिविरमा आँखा जाँच गराउन आएकी ७१ वर्षिया फुलवती ताजपुरीयाले घर आँगनमै उपचार गराउन पाउँदा खुसी व्यक्त गरिन् । आर्थिक अवस्था कमजोर भई उपचार गराउन अस्पताल पुग्न नसक्ने बिरामीहरुका लागि शिविर फलदायी रहेको उपचार गराउन आएका ६९ वर्षिया रतनलाल राजवंशीले बताए ।

शिविरमा भेटिएका मोतिया बिन्दुका बिरामीहरुलाई बिर्ता ज्योती आई केयर सेन्टरले कम शुल्कमा अपरेसन गर्ने जनाएको छ । नेपाल सरकारबाट बिमा गरिएका बिरामीहरुलाई निशुल्क अपरेसन गरिने बिर्ता ज्योतीका नेत्र अधिकृत मोती बरालले जानकारी गराए ।

शिविरको उद्घाटन कार्यक्रममा वडा नं.५ का वडाध्यक्ष विजय प्रसाद सिंहको सभापतित्वमा सम्पन्न शिविरमा गौरीगंज गाउपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ प्रमुख अतिथि रहेका थिए । त्यस अवसरमा राजेन्द्र ताजपुरिया, देव नारायण सिंह गन्गाई, लिला देवि गन्गाई लगायतको उपस्थिति रहेको वडा सचिव उमादेवि ठाकुरले जानकारी गराइन् ।

तपाईको प्रतिक्रिया