Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

गौरादह, १० माघ । गौरादह कृषि क्याम्पसको पुस्तकालय तथा प्रयोगशाला भवनको शिलान्यास गरिएको छ । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्की र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बाँस्कोटाको संयुक्त रुपमा गौरादह कृषि क्याम्पसको पुस्तकालय तथा प्रयोगशाला भवनको आज एक कार्यक्रमका बिच शिलान्यास गरेका छन् ।

गौरादह कृषि क्याम्पसको प्राङगणमा शिलान्यास गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्रि कार्कीले झापा जिल्लाको दक्षिणी क्षेत्र कृषिमा उर्वर भुमि रहेको र पशुपालक किसानहरु रहेकाले कृषि क्षेत्रमा अध्यनरत विद्यार्थीहरुले यस क्षेत्रमा रहेका नागरिकहरुलाई सहयोग गनुपर्ने धारणा राखे ।

किसानहरुलाई कृषि प्रविधिको ज्ञान दिई कृषि क्षेत्रमा काम गर्ने किसानहरुलाई उत्पादन बढाउन सहयोग गर्नुपर्ने बताए । गौरादहमा कृषि र भेटनरी को गन्तव्य सहितको एउटा विशेष भ्रमण क्षेत्रको रुपमा विकास गर्न सक्ने सम्भावना रहेको बताए । आगामी १ वर्ष भित्रमा भवनको निर्माण कार्य सम्पन्न हुने मन्त्रि कार्कीले बताए ।

यस्तै, त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मकान्त बाँस्कोटाले गौरादहमा पशु उपचारका साथै पशु टिचिङ अस्पताल संचालन गर्न सकिने बताए ।

त्यसअवसरमा कृषि क्याम्पस भवन रहेको ठाउँमा जग्गादान गर्ने दाताहरुलाई दोसल्ला ओढाई सम्मान गरेको थियो ।

गौरादह कृषि क्याम्पसका प्रमुख कृष्णहरि देवकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा संविधान सभा सदस्य दिपक कार्की, कृषि पशुविज्ञान अध्यन संस्थानका डिन प्राध्यापक डाक्टर केशवराज अधिकारी, गौैरादह नगरपालिका का प्रमुख रोहित कुमार शाह र दमक नगरपालिका का प्रमुख रोमनाथ ओली, मेची बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष प्राध्यापक डाक्टर पृथ्वी विक्रम राई लगायतले शुभकामना मन्तव्य राखेका थिए । गौरादह कृषि क्याम्पसका प्रशासन प्रमुख हेमराज प्रसाईंले कार्यक्रम सञ्चालन गरेका थिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया