Online Bichar
बुधबार, बैशाख ०५, २०८१ | Wednesday, April 17, 2024

काठमाडौं, १० माघ । आगामी तीन दिनसम्म देशभर मौसम खुल्ने सम्भावना नरहेको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ । बदली भएरै देशैभरि मौसम धुम्म हुने अनुमान गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय रेखा अझै रहेका कारण देशभर बदली भएको हो । अहिले यो रेखाले पानी पार्ने सम्भावना एकदमै कम भए पनि आगामी तीन दिनसम्म देशभर मौसम खुल्ने सम्भावना पनि नदेखिएको बताएका छन् ।

पश्चिमी न्यून चापीय प्रणाली नभै रेखा मात्रै रहेको कारण पानी पर्ने सम्भावना क्षीण रहेको हो । तर घाम भने नलाग्ने र मौसम धुम्म नै भइरहने हुन्छ । तर सीमित स्थानमा हल्का क्षणिक वर्षा हुन पनि सक्ने बताइएको छ । मौसम बदलीका कारण दिनभर घाम नलाग्ने भएकाले अधिकतम तापक्रम घटेर जाडो बढ्नेछ ।

तपाईको प्रतिक्रिया