Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

पोखरा, ९ माघ । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दिपक मनाङे) पक्राउ परेका छन् । उनलाई पोखराको लेकसाइडबाट कास्की प्रहरीले पक्राउ गरेको प्रदेश प्रहरी प्रमुख डीआइजी विनोद शर्मा घिमिरले बताए ।

कास्की फुटबल संघका अध्यक्ष मिलन गुरुङले बुधबार मनाङे विरुद्ध अभद्र व्यवहार गरेकाले कारबाही गरिपाऊँ भन्दै प्रहरीमा जाहेरी दरखास्त दिएका थिए । जाहेरीपछि जिल्ला अदालत कास्कीले बिहीबार मनाङेको नाममा पक्राउ पुर्जी जारी गरेको थियो । पुर्जी जारीलगत्तै प्रहरीले उनलाई पक्रेको हो ।

यसअघि मनाङले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा मतदान गरेका थिए । मनाङेले मंगलबार पोखराको भण्डारढिक रंगशालामा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगिताको उद्घाटन हुनुअघि मिलनमाथि हातपात गरेका थिए । मिलनले मनाङेविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा ११८ अनुसार सार्वजनिकस्थलमा अभद्र व्यवहार गरेको भन्दै जाहेरी दरखास्त दिएका हुन् ।

तपाईको प्रतिक्रिया