Online Bichar
शनिबार, बैशाख २९, २०८१ | Saturday, May 11, 2024

गौरीगंज, ८ माघ । गौरीगंज गाउपालिका भित्रका नागरिकहरुलाई हात्ती पाइले रोगको बारेमा जानकारी गराउन गाउँपालिका स्तरिय योजना तर्जुमा तथा बहु निकाय गोष्ठी सम्पन्न भएको छ।

हात्ती पाइले सरुवा रोग भएकाले रोगको जोखिमबाट वचन गोष्ठी संचालन गरिएको जनाइएको छ।हात्ती पाइले रोग विरूद्व आम औषधी सेवनअभियान अन्तर्गत संचालन गरिएको गोष्ठीमा गौरीगंज गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य शाखाका प्रमुख लगायतको सहभागीता रहेको थियो।

हात्ती पाइले रोग विरूद्वको रणनीति, योजना र हात्ती पाइले रोगका लक्षणहरु, निवारणका उपायहरुका बिषयमा प्रशिक्षण दिइएको थियो । नेपालमा हात्ती पाइले रोगको जोखिममा २ करोड ५० लाख जनसंख्या रहेको बताईएको थियो । जनस्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक जीवन चौम्लागाईले सहजिकरण गरेको कार्यक्रममा आम औषधी सेवन कार्यक्रम १३ वटा जिल्लामा संचालन भईरहेको र ५० वटा जिल्लामा आम औषधि सेवा बन्द गरिएको जानकारी गराएका छन।

सन् २०२० सम्ममा हात्ती पाइले रोगलाई स्वास्थ्य समस्याको रूपमा रहन नदिन यस प्रकारको कार्यक्रम थालिएको स्वास्थ्य शाखा गौरीगंजका शाखा प्रमुख रामचन्द्र मिश्रले बताए ।

गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठको सभापतित्वमा सम्पन्न गोष्ठीमा वडा नं. ३का अध्यक्ष मखना महतो, वार्ड नं.५ का विजय प्रसाद सिंह, २ का अध्यक्ष अघ्नु प्रसाद राजवंशी, कार्यपालिका सदस्य राधा अधिकारी, रिता तामाङ्ग, जेठा मुर्मू, सरिता शेर्पा, कोरोवारी, महाभाराका स्वास्थ्य चौकीका प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।

मानिसको शारीरिमा नराम्रो देखिने, अशक्त बनाउने, तथा अपांग बनाउने हात्ती पाइले रोग लामखुट्टेबाट सर्ने सरूवा रोग भएकोले यसबारे सचेत रहन गाउँपालिका स्तरिय अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको जनाइएको छ। सुरुमा ज्वरो आउने, जाडो लाग्नु, शरीरमा कम्पन हुनु, लिम्फ नलीहरू सुनिनु, हात गोडामा नीला काला धर्साहरू देखिनु, पिसाब सेतो वा रातो हुनु, लामो समयसम्म खोेकि लाग्नु,दम बढ्नु, रगतमा स्नोफिलको मात्रा बढ्नु हात्ती पाईले रोगका लक्षणहरू भएको जानकारी गराइएको थियो ।

तपाईको प्रतिक्रिया