Online Bichar
बुधबार, बैशाख १७, २०८२ | Wednesday, April 30, 2025

काठमाडौं, ७ माघ । नेकपाका सांसद अग्‍नि सापकोटाले सभामुख पदका लागि मनोनयन दर्ता गरेका छन् । संसद्‌ भवन नयाँ बानेश्वर पुगेर सापकोटाले मंगलबार मध्याह्न सभामुखमा उम्मेदवारी दिएका हुन् ।

सापकोटाको प्रस्तावकमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ छन्। समर्थकहरुमा नेकपाका सांसद देव गुरुङ, ओनसरी घर्तीमगर र राजपा सांसद लक्ष्मणलाल कर्ण रहेका छन्।

मनोनयन दर्तापछि संक्षिप्त प्रतिक्रिया दिँदै सापकोटाले प्रतिनिधिसभाको गरिमा उचो बनाइराख्न सक्दो प्रयास गर्ने बताए।

नेकपा स्थायी समिति सदस्य रहेका सापकोटालाई आइतबार बसेको सचिवालय बैठकले सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

प्रतिनिधिसभाको रिक्त सभामुख पदको निर्वाचनका लागि संसद‌् सचिवालयले सार्वजनिक गरेको तालिकाअनुसार मंगलबार बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। आजैसाढे २ बजे उम्मेदवारीको दर्ता क्रमअनुसार सूची प्रकाशन गर्ने र माघ १२ गते निर्वाचनगर्ने कार्यतालिकामा उल्लेख छ।कान्तिपुर

तपाईको प्रतिक्रिया