बुधबार, चैत्र १५, २०७९
Wednesday, March 29, 2023

काठमाडौं, ६ माघ । माघ १२ गते हुने सभामुख पदको लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ। सोमबार संघीय संसद सचिवालयले सभामुख पदको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो।

सो तालिकाअनुसार माघ ७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सभामुख पदको प्रस्तावको सूचना पेश गनुपर्नेछ। ७ गते दिउँसो साढे २ बजे उम्मेदवारीको सूची प्रकाशन गर्ने संसद सचिवालयले जनाएको छ। त्यस्तै १२ गते दिउँसो सभामुख पदको निर्वाचन हुनेछ।

आइतबार बसेको सत्तारुढ नेकपाको बैठकले स्थायी कमिटी सदस्य अग्निप्रसाद सापकोटालाई सभामुख पदको लागि उम्मेदवार बनाउने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया