Online Bichar
आइतबार, आषाढ २१, २०८३ | Sunday, July 5, 2026

गौरादह ,१७ जेठ ,   झापा गौरादह ८ स्थित प्रगति मावि ले अभिभावक दिवश सहित ५७ औं वार्षिक उत्सव सम्पन्न गरेको छ ।

विद्यालय प्राङगणमा बिहिबार आयोजना गरीएको वार्षिक उत्सवमा विद्यालयका प्रधानअध्यापक मान बहादुर घिमिरेले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

त्यस अवसरमा विद्यालयका जग्गादाताहरु लक्ष्मी देवी कोइराला र उमादेवी कोइराला, विद्यालयलाइ भौतिक सामग्री निर्माणमा सहयोग गरे बापत पूर्व विद्यार्थी धर्मप्रसाद मैनाली, पूर्व विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका पदाधिकारीहरु सहित १२जना र साउथ कोरीया ग्रीमेट हाउस ट्रष्टका संरक्षक छत्रपति सुवेदीलाई दोसल्ला ओढाई सम्मान गरीएको थीयो।

विद्यालयका शिक्षक हरिप्रसाद घिमिरे र कर्मचारी जयबहादुर गुरुङ्लाई प्रमाण पत्र सहित पुरस्कृत गरीएको थियो।
त्यस अवसरमा विद्यालयको वार्षिक उत्सवको अवसरमा विद्यालयले आयोजना गरेको खेलकुद, नृत्य र गायनमा उत्कृष्ट हुने विद्यार्थीहरुलाइ पुरस्कृत गरिएको थीयो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभा ध्वज सिंह माक्राको सभापतित्वमा सम्पन्न वार्षिक उत्सवमा गौरादह नगरपालीका उपमेयर गीता भेट्वाल, शिक्षा विकास तथा समन्वय एकाइ झापाका प्रमुख योगेन्द्र प्रसाद बराल, विद्यालयका पूर्व अध्यक्ष अमर बहादुर विष्ट, जुरोपानी बहुउद्देश्य सहकारी अध्यक्ष अमरदास सिवाकोटी, भारती प्रावि का शिक्षक बलबहादुर तामाङ् लगायतले शुभकामना मन्तव्य राखेका थीए।

विद्यालय व्यवस्थापन समिति सदस्य जयबहादुर गुरुङ्ले स्वागत मन्तव्य राखेको कार्यक्रममा शिक्षकहरु दीनानाथ कडरीया र पदम दाहाल ले कार्यक्रम संचालन गरेका थीए।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments