Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, ६ माघ । प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन प्रक्रिया सुरु भएको छ । सोमबार दिउँसो १ बजे बसेको प्रतिनिधिसभाको पहिलो बैठकमा उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजनीनामा दिने घोषणा गरेपछि ज्येष्ठ सदस्यका रुपमा महन्थ ठाकुरको अध्यक्षतामा दोस्रो बैठक ४ बजे बसेको थियो ।

उक्त बैठकमा ठाकुरले शिवमायाले दिएको राजनीनामा पत्र पढेर सुनाएका थिए। त्यसपछि उनले महासचिव मनोहरप्रसाद भट्टराईलाई सभामुख निर्वाचन प्रक्रिया सुरु गर्न निर्देशन दिँदै अर्को बैठक माघ १२ गते दिउँसो ३ बजेका लागि बोलाएका छन्। त्यही दिन सभामुखकोनिर्वाचन हुनेछ।

नेकपाले सभामुखका लागि अग्नी सापकोटालाई अगाडि सार्ने निर्णय गरेको छ।

 

तपाईको प्रतिक्रिया