Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, ६ माघ । धरान उपमहानगरपालिकाका पूर्वमेयर ध्यानबहादुर राईको निधन भएको छ । ६० वर्षको उमेरमा राईको उपचारका क्रममा सोमबार मध्यान्ह निधन भएको हो । पूर्वमेयर राई एक वर्षयता क्यान्सर रोगबाट पीडित थिए ।

राई २०४९ सालको स्थानीय निकाय निर्वाचनमा तत्कालीन नेकपा एमालेबाट धरानको मेयरमा निवार्चित भएका थिए ।

उनकै पालामा धरानले विकासको आधार तयार गरेको थियो । उनी २०४६ सालको प्रजातन्त्र पुनर्वहालीपछि २०४९ को स्थानीय निकायको चुनावमा पहिलो मेयर बनेका थिए ।

तत्कालीन एमाले निकट अखिलबाट पञ्चायतविरुद्ध राजनीतिमा होमिए उनी पछिल्लो समय समाजवादी पार्टीका केन्द्रीय सदस्य थिए ।

तपाईको प्रतिक्रिया