Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

गौरीगंज, ३ माघ । बिरामीहरुलाई उपचारमा सहजताका लागि स्वास्थ्य केन्द्र खजुरगाछीलाई आवश्यक स्वास्थ्य सामग्री वितरण गरिएको छ। वार्क फर नेपाल र हेल्पिङ हेन्ड फर रिलिफ एन्ड डेभलपमेन्ट (यु.एस.ए.) नेपालको आर्थिक सहयोगमा गौरीगंज प्राथमिक स्वास्थ्य केन्द्र खजुरगाछीलाई एक कार्यक्रमका बिच स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो।

स्वास्थ्य केन्द्रको प्राङ्गणमा औपचारिक कार्यक्रमको आयोजना गरि संस्थाले हस्तान्तरण गरेको हो। हस्तान्तरण गरिएका सामग्रीहरु बिरामीहरुका लागि पुर्ण रुपमा सदुपयोग गर्न हेल्पिङ हेन्डका अध्यक्ष तिल चन्द्र अधिकारी र स्वास्थ्य केन्द्र गौरीगंजका अनुप शर्माले सहमति पत्रमा हस्ताक्षर गरेका थिए।

स्वास्थ्य केन्द्रमा उपचार गराउन आउने बिरामीहरुलाई उपचारमा सहजताका लागी अस्पतालमा आवश्यक पर्ने सामाग्री दिइएको हेल्पिङ हेन्डका केन्द्रीय डाइरेक्टर सैयद खालिद मोहसिनले बताए। संस्थाले स्वास्थ्य केन्द्रकालागि हाईड्रोलिक स्ट्रेचर, वाकिङ स्टेभिलाईजर, डेन्टल बेड, वर्थिङ टेवल, बेड साईड टेवल, वाकिङ स्टेचरका साथै सर्जिकल आईटमहरु हस्तान्तरण गरेको छ। स्वास्थ्य केन्द्र गौरीगंजलाई वितरण गरेका सामग्रीहरु करिब १४ लाख मुल्य बराबरको रहेको हेल्पिङ हेन्डका कार्यक्रम संयोजक जिवा पोख्रेलले जानकारी गराए।

कार्यक्रमका प्रमुख अतिथि तथा संविधान सभा सदस्य दिपक कार्कीले ग्रामीण क्षेत्रमा रहेका अस्पतालहरुले उपचार गर्ने सामग्रीको अभावमा सहज रुपमा उपचार नपाएको बताए। यस क्षेत्रमा बसोवास गर्ने नागरिकहरुलाई बिमारी भएको समयमा स्वास्थ्य केन्द्रमा आई उपचार गराउन आग्रह गरेका छन।

वार्क फर नेपालका तिल चन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गाउपालिका अध्यक्ष बाबुराजा श्रेष्ठ, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत प्रविण दहाल, वडा नं.६ का वडाध्यक्ष बद्री नारायण यादव, नेकपाका गाउँ कमिटि अध्यक्ष विद्यानन्द राजवंशी, कार्यपालिका सदस्य राधा अधिकारी, वडा सदस्य उदिम कुमार राई, स्वास्थ्य केन्द्र ईन्चार्ज राम चन्द्र मिश्र लगायतले शुभकामना मन्तव्य राखेका थिए भने वार्क फर नेपालका उपाध्यक्ष केशव भन्डारीले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया