Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

झगेन्द्र खड्का
गौरीगंज, २ माघ । झापाको पुरानो बजारको रुपमा चिनिएको गौरीगंजमा बसपार्क निर्माण हुने भएको छ। गौरीगंज गाउँपालिका वार्ड नं. ६ खजुरगाछीमा रहेको महेन्द्रनगर बसपार्कको जग्गा व्यवस्थापन भएको करिब ६ दशक पछि बसपार्क निर्माणको प्रक्रिया सुरु भएको हो।

गौरीगंज गाउँपालिका वार्ड नं. ६ को खजुरगाछी बजार दक्षिण तर्फ करिब १५ कठ्ठा जग्गामा निर्माण कार्य शुरु गरिएको बस पार्कका लागि ४३ लाख रुपैयाँ वजेट विनियोजन भएको छ। बसपार्क निर्माणका लागि गौरीगंज गाउँपालिका वार्ड नं.६ ले ८ लाख,गौरीगंज गाउँपालिकाले २० लाख र झापा क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य केपी शर्मा ओलीको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत १५ लाख रुपैयाँ विनियोजन भएपछि बसपार्क निर्माण प्रक्रिया अगाडि बढेको हो।

गौरीगंज क्षेत्रमा सार्वजनिक र निजि सवारीका साधनहरु संचालन भएपनि बसपार्क नभएका कारण सडकमानै पार्किङ गरिरहेका छन। गौरीगंज खजुरगाछी बजार क्षेत्रमा पईदल यात्री र सवारीसाधनको आवतजावतका कारण दुर्घटनाको जोखिम समेत घटाउन वर्षौदेखि एक आधुनिक बसपार्कको सबैले आवश्यकता महसुस गरिरहेका छन।

स्थानिय स्रोत साधन तथा स्थानीय सरकारको बजेट, प्रदेश तथा केन्द्रिय बजेटवाट बसपार्क निर्माणको प्रारम्भिक कार्य थालिएको गाउँपालिका अध्यक्ष बाबुराजा श्रेष्ठले बताए। २०१८ साल तिर तत्कालिन राजा महेन्द्र यस क्षेत्रको भ्रमणका लागी आएका बेला राजाको स्वागतका लागि मञ्च बनाएको जमिनलाई महेन्द्र मञ्चका रुपमा चिनिदै आएको अध्यक्ष श्रेष्ठ बताउछन।

गौरीगंज गाउँपालिका वार्ड नं. ६ का वडा सदस्य मुकेश शाहले टहरा सहितको बसपार्कको निर्माण गर्नका लागि ७ करोड ९० लाख रुपैयाँको इस्टमिट गरिएको बताए । गौरीगंजवाट दैनिक काठमाडौ लगायत पूर्व,पस्चिमका विभिन्न स्थानमा पुग्ने बस छुट्ने र सो स्थानबाट आएर बसहरु बास बस्ने गरेका छन्। व्यवस्थित बसपार्क नहुदाँ सडक किनारामा पार्किङ्ग गर्न वाध्यता रहेको वडा सदस्य साहले बताए । गौरीगंज क्षेत्रको बिकाशले तिब्रता पाएसँगै स्तरीय बसपार्क, भन्सार कार्यालयको स्तरोनती, हुलाकी सडकमा पर्ने विभिन्न खालका पुल,कल्भर्ट,र ब्याबस्थित बजार निर्माणले गौरीगंज प्रदेश नं. १ कै प्रमुख नाकाको रुपमा स्थापित हुने गाउपालिका उपाध्यक्ष दिपिन्द्र थापा बताउँछन।

 

तपाईको प्रतिक्रिया