Online Bichar
बुधबार, आश्विन ०७, २०८३ | Wednesday, September 23, 2026

गौरादह, २ माघ । कमल गाँउपालिकामा निर्माण गरिएको खानेपानी परियोजना उद्घाटन गर्दै गाउँपालिकालाई हस्तान्तरण गरिएको छ । सोहि अवसरमा ड्रेस मेकिङ र ढाका बुनाई तालिमको समापन पनि गरिएको छ ।

हेल्पिङ हेन्ड फर रिलिफ एन्ड डेभलपमेन्ट (युएसए)नेपालको आर्थिक सहयोगमा वार्क फर नेपालबाट निर्माण गरिएको शुद्ध खानेपानी परियोजनाको हस्तान्तरण र झापा प्राविधिक शिक्षालयको आयोजनामा संचालन गरिएको ड्रेस मेकिङ र ढाका बुनाई तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले हाम्रो देशमा पानी प्रशस्त भएपनि शुद्ध पिउने पानी सबै नागरिकको पहुँच सम्म पुग्न नसक्दा पानीकै कारण विभिन्न प्रकारका रोग लाग्ने गरेको बताए । सरकारले सन २०३० सम्ममा सबै नेपाली नागरिकको पहुँच सम्म शुद्ध पिउने पानी पुर्याउने लक्ष्य राखेपनी निर्माणाधिन अवस्थामा रहेका केहि आयोजनाहरु जनशक्ति, आर्थिक समस्या र ठेकेदारको लापरवाहीको कारण बेवारिसे अवस्थामा रहेको जानकारी गराए ।

पानी कै कारण नागरिकहरुले आर्शनिक र आइरन मिसिएको पानी पिउन नागरिकहरु बाध्य रहेको बताए । हाम्रो देशको गरिबि न्यूनिकरण र बेरोजगारी समस्या समाधान गर्न सिप मुलक कार्यको आवश्यकता रहेको बताउँदै मन्त्री कार्कीले हातमा सिप र क्षमता भएका नागरिकहरुले सिपलाई व्यवहारमा उतार्न आग्रह गरेका छन् । अन्त्यराष्ट्रिय बजारमा गुणस्तरीय घरेलु उत्पादनको माग बढिरहेको समयमा युवाहरुले आफुसँग भएको सिपलाई अधिकतम सदुपयोग गर्न आग्रह गरेका छन् ।

कमलगाउँपालिका मा निर्माण गरिएको खानेपानी परियोजनाले गाउँपालिका साथै तिन वटा विद्यालय र आसपासका ३ सय घरपरिवार लाभान्वित हुने कमलगाउँपालिका कि अध्यक्ष मेनुका काफ्लेले जानकारी गराइन् । ७ लाख रुपैयाँको लागतमा निर्माण गरिएको खानेपानी परियोजना मा २ वटा भेसल, एरिएसन, अक्सिडाइजेसन, माइक्रोन फिल्टर, यु.भि फिल्टर, स्टोर स्टिल टयाङ्की राखिएको छ ।

कमलगाउँपालिका भित्र २१ वटा सामुदायिक विद्यालय रहेपनि शहिद रत्न, बाँसबारी मावि, कालिका प्राविमा शुद्ध पिउने पानीको व्यवस्था गरिएको छ ।

वर्क फर नेपालको आर्थिक सहयोगमा सञ्चालन गरिएको डेस मेकिङ्ग र ढाका बुनाई तालिम मा गाउँपालिका भित्रका ३० जना सहभागी भएका थिए । शुसिला विश्वकर्माले ढाका बुनाई र वन्दना रिजालले डेस मेकिङ्ग तालिमको सहजिकरण गरेकी थिइन् । तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । वर्क फर नेपालका तिलचन्द्र अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा हेल्पिङ हेण्ड कार्यक्रमका संयोजक जिवा पोखरेल, केन्द्रिय डाइरेक्टर सैयद खालिद मोहसिनले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन वर्क फर नेपालका उपाध्यक्ष केशव भण्डारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments