Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

२०७६ माघ २ गते

युएई । युएईको आबुधाबीमा कामदार बोकेको गाडी दुर्घट्ना भएको छ । दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।

नेपाली कामदार बोकेको गाडी दुर्घटना भएकोले मृत्यु नेपाली हुनसक्ने आबुधाबीस्थित नेपाली दूतावासले जनाएको छ । तर, मृतकको पहिचान नभएको दूतावसले जनाएको छ ।

बसमा २४ जना सवार थिए । त्यसमध्ये १८ जना नेपाली कामदार रहेको कम्पनीले जनाएको छ । अन्य ६ जना श्रीलंका र अफ्रिकी मुुलुकका महिला कामदार रहेको बताइएको छ । सवार सबै सरसफाइ सम्बन्धी काम एमबीएम कम्पनीका कामदार हुन् ।

नेपाली कामदारको अवस्था र विवरण संकलन गर्न दूतावासका प्रतिनिधि घाइतेको उपचार भइरहेको अस्पतालमा पुगेको दूतावासका श्रम काउन्सुलर भेषबहादुर कार्कीले बताए ।

घाइतेहरुको आबुधाबीको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । दुर्घट्नामा परेका नेपाली कामदारको अवस्था बुझ्न दूतावासबाट राजदूत कृष्णप्रसाद ढकाल, उपनियोग प्रमुख रीता धिताल श्रमकाउन्सुलर भेषबहादुर कार्की र जनसम्पर्क अधिकारी (पीआरओ) उनीहरु उपचाररत अस्पताल पुगेका छन् ।

मफरक अस्पतालमा उपचाररत नेपालीलाई भेटेर राजदूत कृष्णप्रसाद ढकालले स्वास्थ्यलाभको कामना गरेका छन् । कम्पनीले समेत उपचाररमा समन्वय गरिरहेको उनले जानकारी दिए ।

घाइतेमध्ये ५ जना नेपालीको आबुधाबी खलिफा सिटीमा रहेको एनएमसी अस्पतालमा उपचार भइरहेको छ । अन्यको मफरक र अल रहा अस्पतालमा उपचार भइरहेको कम्पनीले जनाएको छ ।

कामदार सवार बस स्थानीय समयअनुसार बिहीबार बिहान ५ः३० बजे आबुधाबीको अल रहा भन्ने स्थानमा दुर्घटनामा परेको हो । काममा गइरहेको अवस्थामा उक्त बस अगाडिको लहरीमा ठोकिए दुर्घटना भएको हो ।अनलाइनखबर

तपाईको प्रतिक्रिया