बुधबार, चैत्र १५, २०७९
Wednesday, March 29, 2023

काठमाडौं, २ माघ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिबाट वायु सेवा सञ्चालन गर्ने संस्थाका सञ्चालकहरुलाई हटाउने निर्णय गरेको छ ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले समितिमा रहने दुई जना वायु सञ्चालकहरुलाई हटाएर नागरिक उड्डयन सम्बन्धमा विशेष योग्यता हासिल गरेका व्यक्तिहरु मध्येबाट कम्तीमा एक जना महिलासहित नेपाल सरकारबाट मनोनित दुई जना सदस्य रहने निर्णय भएको जानकारी दिए ।

प्राधिकरण ऐन २०३५ को दफा १३ को उपदफा १ को ‘च’ मा निजी क्षेत्रका समेत वायुसेवा सञ्चालन गर्ने संस्थाका सञ्चालकहरु मध्येबाट दुई जना सदस्य रहने व्यवस्था रहेको थियो ।

तपाईको प्रतिक्रिया