Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

गौरादह, २८ पुष । कमलगाउँपालिका-२ भुत्लुङ्ग स्थित श्री ज्योति माध्यमिक विद्यालयले ५४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्यताका साथ सम्पन्न गरेको छ ।

वार्षिकोत्सवको अवसरमा कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले ज्योति माध्यमिक विद्यालयको सिसि क्यामरा, खानेपानी र इ- लाइब्रेरीको उद्घाटन गरेकि छन। विद्यालयमा सुरक्षाका लागि जडान गरिएको सिसि क्यामरा, शिक्षक तथा विद्यार्थीहरुका लागि विद्यालयमा व्यवस्थापन गरिएको स्वच्छ पिउने पानी, विद्यार्थीहरुलाई थप ज्ञान हासिल गर्न आवश्यक पर्ने इ-लाईब्रेरीको कार्यक्रमकि प्रमुख अतिथि काफ्लेले औपचारिक रुपमा उद्घाटन गरेकि हुन्।

विद्यालय प्राङ्गणमा भव्यताका साथ सम्पन्न गरिएको वार्षिक उत्सवमा विद्यालयले संचालन गरेको साप्ताहिक खेलकुद कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो। त्यस अवसरमा विद्यालयलाई विभिन्न क्षेत्रमा सहयोग पुर्याउने अभिभावकलाई पनि सम्मान गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक नगेन्द्र बस्नेतले विद्यालयको आर्थिक तथा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

वार्षिक उत्सव कार्यक्रममा राष्ट्रिय कलाकार एल.पि जोशी को बेजोड प्रस्तुती रहेको थियो भने विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेर कार्यक्रममा सहभागी दर्सकहरुलाई भरपुर मनोरन्जन दिएका थिए।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवका थापा न्यौपानेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा कमल गाउँपालिका उपाध्यक्ष बेनुप्रसाद शिवाकाटी, कमल गाउँपालिका-२ का वडाध्यक्ष तारानाथ न्यौपाने, कमल गाउँपालिका का शिक्षा प्रमुख तुलसी ओझा, शिक्षक लगायतको सहभागिता रहेको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया