Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २६ पुष । सभामुखको उम्मेदवार चयनबारे सत्तारुढ नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवासबालुवाटारमा सवा ४ बजे सचिवालय बैठक सुरु भएको हो ।

बैठकमा सभामुख चयन लगायत समसामयिक विषयमा छलफल भइरहेको प्रधानमन्त्रीओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

आइतबार संघीय संसदको प्रतिनिधिसभा बैठक आह्वान गरिएको छ । उक्तबैठकमा सभामुख चयनको कार्यतालिका अगाडि बढाउने तयारी भइरहेको छ । नेकपाले सभामुखकोउम्मेदवार तय गर्न नसक्दा संसद बैठक यसअघि सूचना टाँसेर स्थगित गरिएको थियो ।

नेपकाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहालले सभामुखमा पूर्वएमाले किपूर्वमाओवादीबाट हुने भन्ने टुंगो लगाउन नकसेपछि नेकपा अनिर्णित भएको हो ।

तपाईको प्रतिक्रिया