Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

जनकपुरधाम, २६ पुष । धनुषाका क्रसर व्यवसायी विपीन महतो पक्राउ परेका छन् । मिथिला नगरपालिका–५, श्रीपुरका २४ वर्षीय दिलीपकुमार महतोलाई टिपरले किचेर हत्या गराएको आरोपका सम्बन्धमा अनुसन्धान गर्न उनलाई प्रहरीले पक्राउ गरेको हो ।

विपीनलाई शनिबार बिहान जनकपुरधाम उपमहानगरपालिका–१, भानुचोकबाट पक्राउ गरेको प्रहरीले जनाएको छ । शुक्रबार बिहान साढे ४ बजेतिर ‘मर्निङ वाक’मा गएको बेला ना७ख ६४१३ नम्बरको टिपरले औरही खोलानजिक दिलीपलाई किचेको थियो ।

भारतमा इन्जिनियरिङ पढ्दै गरेका उनले क्रसर व्यवसायीहरुबाट धनुषाका नदीहरुमा भइरहेको जथाभावी उत्खनन्को विरोध गर्दै आएका थिए ।घटनापछि शुक्रबारै टिपर र चालकलाई इलाका प्रहरी कार्यालय ढल्केबरले नियन्त्रणमा लिएको थियो । हत्याको विरोधमा शुक्रबार दिनभर ढल्केबर क्षेत्र तनावग्रस्त बनेको थियो ।

तपाईको प्रतिक्रिया