Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

काठमाडौं, २६ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले यही पुस महिनाभित्र राप्रपा संयुक्तसँग पार्टी एकता नभए महाधिवेशनको तयारी थाल्ने बताएका छन् ।

राप्रपा भक्तपुर जिल्ला समितिले अगुवा कार्यकर्ता भेलामा अध्यक्ष थापाले पुसभित्र एकीकरण नभए महाधिवेशनको तयारीमा जाने बताएका हुन् । ‘पुसभित्र दुई पार्टीबीच एकता भयो भने भयो, नत्र हामी कुरेर नबस्ने बताउँदै जेठमा महाधिवेशन तोकिसकेकाले माघदेखि महाधिवेशनको तयारीमा जुट्ने थापाले बताए । थापाले पार्टीले लिएको सिद्धान्त र विचारले कांग्रेस कम्युनिष्टको विकल्पको रूपमा राप्रपा रहेको छ स्पष्ट भएको बताए।

कार्यक्रममा थापाले पूर्वजनमुक्ति सेनाका कमान्डर दिनेश जोशी र उनकी पत्नी तारालाई राप्रपा प्रवेश गराएका थिए।

तपाईको प्रतिक्रिया