Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

काठमाडौं, पुस २५ । चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले स्नातक तहका १२ ओटा शैक्षिक कार्यक्रमको शुल्क तोकेको छ । आइओएमले एमबीबीएस र बीडीएसमा भने चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क नै निर्धारण गरेको छ ।

एमबीबीएसमा उपत्यकाबाहिर ४४ लाख ३६ हजार २५ र उपत्यकाभित्र ४० लाख २३ हजार २५० रुपैयाँ शुल्क तोकिएको छ । यस्तै, बीडीएसमा २० लाख १९ हजार ५८० निर्धारण गरिएको छ । बीपीएच, बीएस्सी, एमआइटी, मेडिकल ल्याब टेक्नोलोजिस्ट, बी फार्मेसी र एमआइटीमा भने सात लाख २५ हजार ८१८ रुपैयाँ तोकिएको छ ।

यस्तै, ब्याचलर इन आयुर्वेद मेडिसिन सर्जरीलाई १३ लाख ८८ हजार ८०० तोकिएको छ भने ब्याचलर इन नर्सिङ साइन्स ९बीएनएस०मा पाँच लाख २५ हजार र बीएस्सी नर्सिङमा सात लाख ८२ हजार शुल्क तोकिएको छ ।

आइओएमले यो शुल्क दुई वर्षका लागि तोकेको हो ।सरकारले यो वर्षदेखि सबै सरकारी मेडिकल कलेजहरुमा ७५ प्रतिशत छात्रवृत्ति लागू गराएको छ ।

विद्यार्थीहरुको आन्दोलनका कारण यो वर्ष चिकित्सा क्षेत्रको सबै संकायको पठन–पाठन सुरु हुन सकेको छैन ।इमेजखबर

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments