Online Bichar
आइतबार, जेठ १७, २०८३ | Sunday, May 31, 2026

गौरादह, २५ पुष । ज्येष्ठ नागरिक संघ वडा नं.७ को वडा समितिले दोस्रो साधारणसभा सम्पन्न गरेको छ। गौरादह नगरपालिका वडा नं.७ को वडा कार्यालयमा भएको साधारणसभाले पुनः बेदनिधि रेग्मीको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ।

नवगठित समितिको उपाध्यक्षमा तारावन बुढाथोकी, सचिवमा घनस्याम काफ्ले, सह सचिवमा सम्पतलाल राजवंशी, कोषाध्यक्षमा सूर्य प्रसाद दाहाल रहेका छन। समितिका सदस्यहरुमा केशव बजगाँई, मान बहादुर घिमिरे, शान्ता कार्की, दुर्गा दाहाल, पार्वती भट्टराई, चन्द्र बहादुर मोते, सूरेन्द्र खरेल र केशर बहादुर कार्की रहेका छन।

साधारणसभामा समितिका सचिव घनस्याम काफ्लेले संघको बार्षिक र आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए।आर्थिक प्रतिबेदनमा काफ्लेले आम्दानी तर्फ ५४ हजार ९ सय ३० र खर्च तर्फ ४२ हजार ९ सय ६० रहेको आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए।

ज्येष्ठ नागरिक संघ वडा नं.७ का अध्यक्ष बेदनिघि रेग्मीको सभापतित्वमा सम्पन्न साधारणसभामा वडा नं.७ का वडाध्यक्ष बलराम खरेल प्रमुख अतिथि रहेका थिए।त्यसअवसरमा संघका गौरादह नगर अध्यक्ष गोपाल प्रसाद काफ्ले, प्रगति मा. वि का पुर्ब प्रधानाध्यापक मान बहादुर घिमिरे,वडा सदस्य अमरदास सिवाकोटी र यसोदा दाहाल,समाज सेवि सूर्य प्रसाद दाहाल लगायतले शुभकामना मन्तब्य राखेका थिए। समितिकि उपाध्यक्ष तारावन बुढाथोकीले कार्यक्रम संचालन गरेकी थिईन।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments