मंगलबार, चैत्र ०७, २०७९
Tuesday, March 21, 2023

गौरीगंज, २३ पुष । गौरीगंज गाउँपालिका बासिहरुलाई स्वास्थ्य र फुर्तिलो रहन शारीरिक व्यायामशाला संचालन गरिएको छ। गौरीगंज गाउँपालिका वार्ड नं.३ मा एक कार्यक्रमका बीच बुधवार व्यायामशालाको उद्घाटन गरिएको छ ।

गौरीगंज गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठले औपचारिक कार्यक्रमका बिच व्यायामशालाको उद्घाटन गरेका छन। मानव शरिरकालागि शारीरिक व्यायाम आवश्यक रहेकाले व्यायामशालाबाट युवादेखि वृद्धसम्मले लाभ लिन सक्ने जनाईएको छ।

स्थानिय युवाहरूको चाहना बमोजिम विहान र वेलुका व्यायामशालामा सहभागी भई शारीरिक व्यायाम गर्न प्रशिक्षक समेतको व्यवस्था गरिएको छ । स्थानिय विशाल दास र सुरज पंजियारले व्यायाम गर्न आउने महानुभावहरुलाई कसरत गराउने छन् । व्यायामशालाका लागि गौरीगंज गाउपालिका वडा नं.३ को विनियोजित बजेट बाट व्यायामशाला स्थापना गरिएको हो।

गौरीगंज गाउँपालिका वार्ड नं. ३ को ५ लाख रूपैयाँको आर्थिक सहयोगमा सञ्चालन भएको जिमखानामा ट्रेड मिल, वाइसाइकल मेसिन, मल्टि जिम, चेस्ट वेन्च, रबर बल्स, डम्वेलस, टाई सेप रोप र स्ट्रेट एण्ड कर्व रड लगायतका सामग्रीहरु व्यायाम गर्न राखिएको वार्ड नं. ३ का अध्यक्ष तथा कार्यक्रमका सभापति मखना महतोले बताए ।

कार्यक्रममा उपाध्यक्ष दिपिन्द्र थापा, वार्ड नं.३ का वडा सदस्य हेमा आचार्य, गौरीगंज माविका प्र.अ गोविन्द घिमिरे, गौरीगंज खानेपानी संस्थाका सचिव गंगा राजवंशी, यातायात व्यवयायी संघका प्रतिनिधि उतम दास, इलाका प्रहरी कार्यालय गौरीगंजका प्रमुख गणेश भट्टराई, सशस्त्र प्रहरी वल गौरीगंजका प्रमुख साइमन श्रेष्ठ लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

गौरीगंज गाउँपालिका वार्ड नं. ३ का सदस्य सरिता शेर्पाले स्वागत मन्तब्य राखेको कार्यक्रममा वडा सचिव अजय साहले कार्यक्रम संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया