Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

सुनसरी, २२ पुष । सुनसरी दुहबीस्थित चौधरी ग्रुपको पशुपति विस्कुट उद्योगमा भीषण आगलागी भएको छ। मंगलबार राति ८ बजे यता आगलागी भएको हो ।

प्रहरीका अनुसार आगलागी नियन्त्रणको प्रयास भइरहेपनि नियन्त्रणभन्दा बाहिर रहेको छ ।

आगलागीस्थलमा प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न नगरपालिकाबाट आएका एक दर्जन दमकलको सहायतामा आगो निभाउने प्रयास जारी छ ।आगलागीको कारण खुल्न सकेको छैन ।

तपाईको प्रतिक्रिया