Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

गौरादह, २२ पुस २०७६ । एक भव्य औपचारिक कार्यक्रमको आयोजना गरि शिक्षक श्री मानबहादुर घिमिरेकोे बिदाइ गरिएको छ । झापाको गौरादह नगरपालिका वडा नम्बर–८ ग्वालडुब्बा स्थित प्रगति माध्यमिक विद्यालयमा कार्यरत शिक्षक घिमिरेलाई मंगलबार बिदाइ गरिएको हो ।

संखुवासभामा २०१६ साल पौष १७ गते जन्म भई २०४२ सालबाट शिक्षण पेशा सुरु गरेका शिक्षक घिमिरेले त्रिभुवन विश्व विद्यालयबाट शिक्षा शास्त्रमा स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेका छन् ।

माध्यमिक तहमा शिक्षा तथा सामाजिक बिषय समुहको शिक्षण गर्दै गरेका घिमिरेले २०६४ साल देखि सहायक प्रधानाध्यापक, त्यसैगरी २०७२ सालदेखि उच्च मावि तर्फको संयोजक र २०७३ श्रावणदेखि ०७६ भदौ सम्म प्रधानाध्यापकको जिम्मेवारी कुशलतापुर्वक सम्हाली सकेका हुन् ।

अविच्छिन्न ३४ बर्षको शिक्षण सेवामा रही ०७६ पौष १६ देखि उमेरहदको कारण अनिबार्य अवकास भएपछि विद्यालयबाट उनलाई बिदाइ गरिएको हो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

गौरादह नगरपालिकाकी उपप्रमुख गीता भेट्वालको प्रमुख आतिथ्यतामा सम्पन्न सो विदाइ तथा सम्मान कार्यक्रममा विद्यालयले सम्मानपत्र तथा फूलमाला, खादा र दोसल्ला ओढाएर सम्मानित गरिएको हो ।

प्रगति माध्यमिक विद्यालयलाई नमुना विद्यालयको रुपमा विकास गराउनको साथै विद्यालयको भौतिक, आर्थिक र शैक्षिक विकासको लागि शिक्षक घिमिरेले पुर्याएको विशेष योगदानको उच्च सम्मान गर्दै कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक, प्रशासन र ब्यवस्थापन समितिले उनको आगामी अवकास पछिको जीवनको सुस्वास्थ्य र सफलताको शुभकामना व्यक्त गरेका थिए ।

विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष शोभाध्वजसिंह माक्राको सभापतित्वमा भएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक डिल्लिराम अधिकारीले बाचन गरेको सम्मान पत्र प्रमुख अथिति भेट्वाल तथा अतिथिहरुबाट हस्तान्तरण गरिएको थियो ।

अतिथिहरु शिक्षक महासंघ झापाका अध्यक्ष बुद्धिमान कार्की, विद्यालयका पूर्व प्रअ तथा अध्यक्ष बिष्णुबहादुर बुढाथोकी, नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक धुर्ब गौतम, जनप्रतिनिधि अम्मरदास सिवाकोटी, शिक्षकको तर्फबाट दिननाथ कडरिया, सहायक प्रअ विष्णु लुइटेल, पुर्व विद्यार्थी समाजका सुर्यभक्त सिटौला, अभिभावक तिर्थप्रसाद सिंह, विव्यस जयबहादुर गुरुङ, विद्यार्थीको तर्फबाट कक्षा १२ की छात्रा ममता बाँस्तोला लगाएतले बिदाई मन्तब्य राखेका थिए ।

तपाईको प्रतिक्रिया