Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, २१ पुष । नेपालमा बसेर चीनविरुद्ध अपराधमा संलग्न १२२ जना चिनियाँ नागरिकलाई अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा देश निकाला (डिपोर्ट)गर्ने तयारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारअन्तरगत उनीहरूलाई जनही १ हजार रुपैयाँ जरिवानाको निर्णय गरेलगत्तै प्रहरीले अध्यागमन कानुन उल्लंघनको आरोपमा अध्यागमनलाई बुझाएपछि डिपोर्टको तयारी भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरी अनुसन्धान र सरकारी वकिलको अभियोजनपछि अभद्र व्यवहार गरेको आरोप पुष्टि भएकाले उनीहरूलाई जरिवाना भराउने निर्णय प्रमुख जिल्ला अधिकारीले गरेका थिए ।

त्यसलगत्तै उनीहरूलाई पर्यटक भिसामा आएर काम गरेको र भिसाकै दुरूपयोग गरेको आरोपमा देश निकाला गर्ने तयारी गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को नेतृत्वमा महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखाले उनीहरूलाई प्रहरीले यही पुस ७ गते पक्राउ गरेको थियो ।

उनीहरूलाइ प्रकन चिनियाँ प्रहरी अधिकारी नै काठमाठौँ आएका थिए । नेपालमा बसेर चीनविरूद्ध अपराध कार्य गरिरहेकाले उनीहरूलाइ चीनमै पठाएर कानुनअनुसार कारबाही गरिने बताइएको छ । नेपालमा कुनै अपराध गरेको पुष्टि नभएको हुँदा यहाँ जेल हाल्न भने सकिँदैन ।

तपाईको प्रतिक्रिया