Online Bichar
शनिबार, जेठ १६, २०८३ | Saturday, May 30, 2026

विराटनगर, २१ पुष । मोरङको इलाका प्रहरी कार्यालय पथरीले १२ जना फरार प्रतिवादीलाई पक्राउ गरी एकै पटक अदालतमा बुझाएको छ । विभिन्न अपराधिक घटनामा अदालतले दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला सुनाए पनि फरार रहेकालाई पक्राउ गरेको हो।

तीन दिनको अवधिमा १२ जनालाई पक्राउ गरेर अदालतमा बुझाएको हो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरीले बहुविवाह, सवारी ज्यान, चोरी, लागुऔषधसमेतका मुद्दामा फरार रहेकालाई पक्राउ गरिएको हो । मोरङकै पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिका घर भएका सबैजनालाई शनिबार राति पक्राउ गरिएको गिरीको भनाइ छ।

डीएसपी गिरीले पक्राउ गरिएकाहरुलाई जिल्ला अदालत मोरङमा बुझाइएको जानकारी दिए। अदालतका स्रेस्तेदार ईश्वरमणि ओझाकाअनुसार बुझाइका मध्ये जरिवाना मात्रै गरिएकाहरु त्यसवापतको रकम बुझाएर छुटेका छन् । कैद सजायको फैसला भएकालाई सजाय भुक्तानका लागि कारागार पठाइएको जानकारी उनले दिए।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments