Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाण्डौ, १५ जेष्ठ । नेपाली कांग्रेसका प्रवक्त्ता विश्वप्रकाश शर्माले बजेटबाट वाम सरकार हवाई उडान छाडेर जमीनमा ओर्लिएको बताएका छन् ।

‘बजेटले बृद्धबृद्धालाई छोएन । कर्मचारीलाई पनि छोएन, शर्माले कुराकानीमा भने, ‘ चुनाव ताका उनीहरुले पाँचहजार बृद्धभत्ता दिने ठूलो हल्ला गरेका थिए । बजेटमा त यसअघिको कांग्रेस सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रम आयो त्यो पनि ७० वर्षमाथिकालाई मात्रै बीमामा पनि उमेर हद ?’

अर्थमन्त्री जिम्मेवार बन्न खोज्नु भएको हो कि ? आन्तरिक स्रोत परिचालन, राजश्व असुली र विदेशी सहायता ल्याउन ल्याउन नकिने डरले हो चुनावको घोषणा पत्र र नीति तथा कार्यक्रममा उल्लेख भएका कुराहरु न्यूनमात्रै बजेटमार्फत सम्बोधन गर्न सकेको शर्माको भनाई छ ।

बजेट सार्वजनिक भएपछि आफूलाई झापाबाट एक बृद्ध महिलाले फोन गरेर चुनाबका बेला पाँचहजार भत्ता दिने भनेका थिए बाबु रेडियोले त भनेन लौ न सोधि दिनु पर्यो भन्नु भयो मेले भने ‘आमा ती त चुनावमा भोटका लागि भनिएका कुरा थिए । चुनाव सकियो सबै सकियो ।’

चुनाव र नीति तथा कार्यक्रममा वास्तविकता भन्दा टाढा रहेर हावा गरेर जनतालाई भ्रम सृजना गरेको उनले बताए ।

बजेट पुरानैको निरन्तरता मात्रै भएको प्रवक्ता शर्माको भनाइ छ ।

तपाईको प्रतिक्रिया