Online Bichar
सोमबार, बैशाख २८, २०८३ | Monday, May 11, 2026

विराटनगर, २० पुष । बलात्कार आरोप अनुसन्धानका क्रममा अस्पताल बसेका सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरीले ३८ दिनपछि आश्रम फर्किएका छन्।

अस्पतालले डिस्चार्ज दिएसँगै उनी आइतबार चतरा फर्किएका हुन्। बलात्कार आरोपमा जिल्ला अदालत सुनसरीले गत सोमबार तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिए लगत्तै उनी उपचारका लागि विराट नर्सिङ होममा भर्ना भएका थिए।

बलात्कार आरोप लागेपछि मंसिर १२ गतेबाट उनको अस्पताल बसाई सुरु भएको थियो। धरौटीमा छाड्ने अदालतबाट आदेश आएको एक सातापछि उनलाई अस्पतालले डिस्चार्ज दिएको हो।

दीक्षा दिने भन्दै मध्यरातमा बोलाएर चतरा धाममाको आश्रममा कात्तिक पहिलो साता बलात्कार गरेको भन्दै अनुयायीले उजुरी दिएपछि प्रहरीले उनीविरुद्ध जवरजस्ती करणी मुद्दामा अनुसन्धान थालेको थियो।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments