Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

ताप्लेजुङ, २० पुष । दोहोरो नागरिकता लिने ताप्लेजुङ आठराई–त्रिवेणी गाउँपालिकाकी एक महिला पक्राउ परेकी छन् ।

वडा नं १ निघुरादिनकी अनिता तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनले झुट्टा विवरण दिइ दोहोरो नागरिकता लिएको भनी गत मंसिर ४ गते प्रहरीमा उजुरी परेको थियो । झापा बिर्तामोड महानन्द चोकमा लुकीछिपी बसिरहेको अवस्थामा पुस १८ गते उजुरीको आधारमा उनलाई पक्राउ गरेको जनाएको छ ।

तामाङले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट पहिले श्रीमानको नामबाट र पछि विवाह नभएको विवरण दिइ बावुबाट नागरिकता लिएको देखिएको छ । झुट्टा विवरण दिइ दोहोरो नागरिकता लिएको सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विष्णु खड्काले बताए ।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया