Online Bichar
सोमबार, जेठ ११, २०८३ | Monday, May 25, 2026

ताप्लेजुङ, २० पुष । दोहोरो नागरिकता लिने ताप्लेजुङ आठराई–त्रिवेणी गाउँपालिकाकी एक महिला पक्राउ परेकी छन् ।

वडा नं १ निघुरादिनकी अनिता तामाङलाई प्रहरीले पक्राउ गरेको हो । उनले झुट्टा विवरण दिइ दोहोरो नागरिकता लिएको भनी गत मंसिर ४ गते प्रहरीमा उजुरी परेको थियो । झापा बिर्तामोड महानन्द चोकमा लुकीछिपी बसिरहेको अवस्थामा पुस १८ गते उजुरीको आधारमा उनलाई पक्राउ गरेको जनाएको छ ।

तामाङले जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट पहिले श्रीमानको नामबाट र पछि विवाह नभएको विवरण दिइ बावुबाट नागरिकता लिएको देखिएको छ । झुट्टा विवरण दिइ दोहोरो नागरिकता लिएको सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विष्णु खड्काले बताए ।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments