Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, २० पुष । झापाको धुलाबारी हुँदै ज्यामिरगढी–भद्रपुर सडकखण्ड र धुलाबारी–इरौँटार सडकखण्ड कालोपत्र हुने भएको छ । प्रदेश नं १ सरकारले धुलाबारी–भद्रपुर सडकखण्डका लागि रु २५ करोड ३२ लाख ८४ हजार ८२२ र धुलाबारी–इरौँटार सडकखण्डका लागि रु ४६ करोड २३ लाख ८२ हजार ९८३ बजेट विनियोजन गरेसँगै दुईवटा सडक कालोपत्र हुने भएका हुन् ।

धुलाबारी–भद्रपुर सडकखण्ड हिम्डुङ्ग एन्ड थोकर सरोज जेभीले कालोपत्र गर्ने भएको छ । सो सडक २०७९ साल असार ३१ गतेसम्ममा निर्माणसम्पन्न गर्ने सहमति भएको छ । यसैगरी प्याकेज २ मा धुलाबारी–इरौँटार सडकखण्ड कालोपत्र हुनेछ । कन्काई झापाली जेभी विर्तामोडले निर्माणको जिम्मा लिएको सो सडक २०७९ साल असार ३१ गते निर्माणसम्पन्न गर्ने सम्झौता भएको छ ।पूर्वेली न्यूज

तपाईको प्रतिक्रिया