Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

काठमाडौं, २० पुष । नेपाल कम्युनष्टि पार्टी (नेकपा)को सचिवालयको बैठकले पुस २३ गते बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक स्थगित गरेको छ ।

राष्ट्रियसभा निर्वाचनलाई मध्यनजर गर्दै सचिवालयले बैठक स्थगित गर्ने निर्णय गरेको हो । गत पुस ६ गते सकिएको स्थायी कमिटी बैठकले पुस २३ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको थियो ।

राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव, राष्ट्रिय अभियानको योजना र समसामयिक प्रस्तावलगायतका कार्यसूची तय गरेर केन्द्रीय सदस्यहरूलाई अन्तरपार्टी निर्देशन समेत पठाइसकिएको थियो ।

तर, निर्वाचनको तयारी गर्नुपर्ने भन्दै केन्द्रीय कमिटी बैठक अब माघ १५ गते बस्ने सचिवालयले निर्णय गरेको छ । यसअघि २०७५ साल जेठ ३ गते पार्टी एकताको दिन एकीकरणलाई औपचारिकता दिन र शपथ ग्रहणका निम्ति केन्द्रीय कमिटीको बैठक बालुवाटारमा बसेको थियो । त्यसयता बस्न सकेको छैन ।

तपाईको प्रतिक्रिया