मंगलबार, चैत्र ०७, २०७९
Tuesday, March 21, 2023

गौरादह, १८ पुष । गौरादह नगरपालिका वडा नं.३ भित्र रहेका ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरिएको छ। वडा भित्र रहेका ७ वटा टोल विकास समितिबाट ४९ जना र गरिब तथा बिपन्न परिवारबाट १०६ जना वृद्ध आमा बुवाहरुलाई जाडोमा ओड्ने न्यानो कपडा कम्बल वितरण गरेको हो।

गौरादह नगरपालिकाका मेयर तथा कार्यक्रमका प्रमुख अतिथि रोहित कुमार शाहले एक कार्यक्रमका बिच कम्बल वितरण गरेका छन। कम्बल वितरण गर्दै मेयर शाहले नगरपालिका भित्र रहेका ज्येष्ठ नागरिकहरुलाई सबै वडामा जाडो छल्न वृद्ध आमा बुवाहरुलाई न्यानो कपडा वितरण गरिने जानकारी गराए। गौरादह नगरपालिका वडा नं.३ ले शुक्रबार एक कार्यक्रमको आयोजना गरि ७५ वर्ष माथिका १ सय ५५ जना वृद्ध आमा बुवालाई जाडोका लागि ओढ्न कम्बल वितरण गरेको हो ।

ज्येष्ठ नागरिक संघ गौरादह-३ को संयोजनमा कार्यक्रम सम्पन्न भएको थियो । वडा नं. ३को वडा कार्यालयले ले लक्षित वर्ग अन्तर्गतको वृद्ध वृद्धाहरुको लागि विनियोजित गरेको १ लाख ५० हजार रुपैया बाट सम्मान स्वरुप वृद्ध वृद्धाहरुलाई न्यानो कपडा वितरण गरिएको वडा नं. ३ का वडाध्यक्ष गजेन्द्र घिमिरेले जानकारी दिनुभयो ।

वडा नं. ३ का ज्येष्ठ नागरिक संघका अध्यक्ष शिव प्रसाद दाहालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा उपमेयर गिता भेट्वाल,वडा नं.६ का वडाध्यक्ष खड्ग प्रसाद पराजुलीले शुभकामना मन्तव्य राखेका थिए । ज्येष्ठनागरिक संघ वडा नं. ३ का सदस्य होम प्रसाद ढकालले स्वागत मन्तव्य राखेको कार्यक्रममा ज्येष्ठ नागरिक संघ वडा नं. ३ का सहसचिव ददिराम अधिकारीले कार्यक्रम संचालन गरेका थिए।

तपाईको प्रतिक्रिया