Online Bichar
आइतबार, आषाढ १४, २०८३ | Sunday, June 28, 2026

काठमाडौ, १४ जेठ । सरकारले न्यून आय भएका परिवारका लागि औषधि उपचारको निमित्त कोष मार्फत केही रोगको उपचारका लागि उपचार खर्च स्वरुप ५लाख जति रुपैया सहयोग गर्दै आईरहेको छ ।

सरकारले यो कोषको लागि प्रत्येक बर्ष अरर्बौ रकम विनियोजन गर्छ । तर दुखको कुरा के छ भने उक्त विनियोजित रकमको उपभोग पहुँचवाला र हुनेखानेहरुले आफनो पोल्टोमा राख्ने गरेको एक स्रोतले बताएको छ ।

गरीब तथा विपन्न वर्गका जनताहरु यो कोेषको बारेमा जानकार नहुनुु । कुन रोग कडा हो भनेर गरीब तथा विपन्न वर्गका जनताले थाहा नपाउनुले पनि उनीहरु यो सुविधा बाट बञ्चित हुन पुगेका हुन् । नेपालकोे केही भाग भौैगोेलिक हिसाबले विकट क्षेत्र मानिएकोले उक्त क्षेत्रमा रहेका जिल्लावासीहरुले सरकारद्धारा जारी गरिएको यो सुविधा बारे सूचना नै पाएका हुन्नन् । यही कारण यो सुविधामा पहुँचवाला र हुनेखानेहरुकै हाली मुुहाली चलेको बुझ्न गा¥हो छैन ।

आठ प्रकारको कडा रोगको उपचार खर्च बापत सरकारले आधा दशक भन्दा बढी समय देखि सहयोग गर्दै आएको छ । तर यो सुविधाको उपभोग विकट क्षेत्रका जनताहरुले प्रयाप्त मात्रमा गर्न सकेका छैनन् ।सरकारले आठ वटा रोेगलाई कडा रोगको रुपमा सुचिकृत गर्दै उक्त रोगकोे उपचारको लागि १ लाख देखि ५ लाख रुपैया सम्म उपचार खर्च दिँदै आएको छ ।कडा रोगको लागि विनियोजित गरिएको रकम मध्ये सबै भन्दा बढि मृगौला रोगको उपचारमा खर्च हुने गरेको सम्बन्धित निकाय वताउँछ । उक्त विनियोजित रकम मध्ये करिब ६० प्रतिशत रकम मृगौला रोगको उपचारमा खर्च हुने गरेको विपन्न नागरिक औषधिउपचार व्यवस्थापन शाखा कार्यक्रमका सिनियर अहेव अधिकृत प्रकाश घिमिरेले बताउँछन् ।

कुन कुन रोग कडा रोगको रुपमा सुचिकृत गरिएको छ ?

मृगौैला, मुुटुु रोग, क्यान्सर, पार्र्िकन्सन्स रोग, अल्जाईमर्स रोग, स्पाईनल ईन्जुुरी, हेड ईन्जुरी र सिकल सेल एनिमिया रोगलाई कडा रोगको रुपमा सुचिकृत गरिएको छ ।
यस्तो रोग लागेकोे अवस्थामा सुविधा प्राप्त गर्न सकिन्छ ।
– मृगौला रोग
क. अल्पकालिन रुपमा मृगौलाले काम नगरेको
ख. दीर्धकालिन रुपमा मृगौलाले काम नगरेको
ग. एक्यूट ग्लुमेरुलो नेफ्राइटिस एण्ड नेफ्राइटिक सिन्ड्रोम भएको अवस्थामा ।
घ. मृगौला खराव भै डायलाइसिसगर्नु पर्ने भएमा ।
ङ. मृगौला प्रत्यारोपण गर्नुपर्ने भएमा ।
च. मृगौला प्रत्यारोपण गरे पश्चात औषधि उपचार गर्नु परेमा ।
छ. मृगौला रोगको निदान तथा उपचारका लागि आवश्यक पर्ने औषधि, औषधिजन्य सामग्रीहरु, शैंया तथा सेवा शुल्कहरु ।
– मुटु रोग
क विभिन्न प्रकारका मुटु जस्तैः महाधमनीको शल्यक्रिया गर्नुपर्ने भएमा ।
ख. मुटुमा पेसमेकर तथा स्टेन्ट राख्नु परेमा, एब्लेशन गर्नुपरेमा । मुटुको भल्भ पूर्णरुपमा क्षति भएको वा मुटु फेल भएकोमा ।
. क्यान्सर रोग. विभिन्न प्रकारका क्यान्सर रोग र ती सम्बन्धी शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी गर्नु परेमा
पार्किन्सन्स रोग स्पार्किन्स् रोगसंग सम्बन्धित कुनै समस्या देखिनुको साथै त्यसको उपचार गर्नु परेमा

अल्जाईमर्स रोग ल्जाइमर्स रोगसंग सम्बन्धित कुनै समास्य देखिनुको साथै त्यसको उपचार गर्नु परेमा ,स्पाईनल ईन्जुरी स्दुर्घटनाजन्य र चोटपटकजन्य विरामीहरुलाई शल्यक्रिया तथा पुर्नस्थापना गुर्न परेमा ,हेड ईन्जुरी स्दुर्घटनाजन्य र चोटपटकजन्यविरामीहरुलाई शल्यक्रिया तथा पुर्नस्थापना गुर्न परेमासिकल सेल एनिमिया रोग स्यो रोगलागेका विरामीहरुलाई शल्यक्रिया तथा औषधि उपचार गर्नु परेमा यस्तो सुविधाको ब्यवस्था गरिएको छ .

– मुट रोग, क्यान्सर रोग, अल्जाइमर रोग, पार्किन्स् रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकल सेल एनिमिया रोगका विरामीका साथै मृगौला रोगको एक्युट रेनल फेलियरभएका विरामीहरुले रु १ लाख सम्मको औषधि उपचार सुविधा पाउने छन् ।
– मृगौला रोगको डायलासिस गर्नुपर्ने विरामीहरुले तोकिएका सूचिकृत अस्पतालहरुबाट निःशुल्क डायलाइसिस सुविधा पाउने छन् ।
– नेपालमा मृगौला प्रत्यारोपण गर्नुपर्ने विरामीलाई मृगौला प्रत्यारोपण गर्दा सुचिकृत अस्पताल मार्फत रु ४ लाख रुपैंया वरावरको औषधि उपचार सुविधा पाउने छन् ।
मृगौला प्रत्यारोपण पूर्वको परिक्षणका लागी अंग (ग्रहणकर्ता र अंग दाताका लागी) रु ५० हजार र प्रत्यारोपण पश्चात औषधि सेवनका लागि १ लाख गरि जम्मा १ लाख ५० हजार रुपैया सुविधा पाउने छन् ।
– विदेशबाट उपचार गराएका विरामीहरुलाई अस्पतालको विल अनुसार मृगौला प्रत्यारोपण भएमा दुई लाख रुपैया र तोकिएका अन्य कडारोगको उपचारको हकमा एक लाख रुपैयामा नबढने गरी वील, भर्पाइका आधारमा सुविधा दिने छ ।

कुन रोगको उपचार कहाँको कुन स्वस्थ्य संस्थामा गराउन सकिन्छ ?

मुटु, मृगौला, क्यान्सर, पार्किन्स्, अल्जाइमर, हेड इन्जुरी, स्पाइनल इन्जुरी
वीर अस्पताल काठमाडौं, त्रिविवि शिक्षण अस्पताल, महाराजगंज, काठमाडौं , पटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन, ललितपुर , वि।पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी , चितवन मेडिकल कलेज, शिक्षण अस्पताल, चितवन , नोबेल मेडिकल कलेज, शिक्षण अस्पताल, विराटनगर,मोरङ , धुलीखेल अस्पताल, काभ्रेपलाञ्चोक मास्पाइनल इन्जुरी सघं, साघा, काभ्रेपलाञ्चोक । क्यान्सर परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल, थापाथली, काठमाडौं, वि।पी कोइराला मेमोरीयल क्यान्सर अस्पताल, भरतपुर, चितवन , भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर , क्यान्सर केयर नेपाल, जावलाखेल, ललितपुर , काठमाडौं क्यान्सर सेन्टर, ताथली, भक्तपुर , नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्र्रा।लि।मा क्यान्सर सम्बन्धी सित्तैमा उपचार हुन्छ । हेड इन्जुरी, स्पाइनल इन्जुरी र मुटु न्युरो कार्डियो मल्टिस्पेसियालिटी हस्पिटल, मोरङ, विराटनगरमा हेड इन्जुरी, स्पाइनल इन्जुरी र मुटु ।

मुटु शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र,बांसवारी, काठमाडौं , मनमोहन कार्डियो थोरासिक, भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगंज, काठमाडौं मा मुटु सम्बन्धि उपचार हुन्छ ।क्यान्सरर सिकलसेल एनिमिया कान्तिवाल अस्पताल, महाराजगञ्ज, काठमाडौं मा क्यान्सर÷ सिकलसेल एनिमियाको उपचार हुन्छ !
मुटु, मृगौला, क्यान्सर कान्तिवाल अस्पताल महाराजगञ्ज, काठमाडौंमा मुटु, मृगौला र क्यान्सरको उपचार हुन्छ । मृगौला र मुटु मानव अंग प्रत्यारोपण केन्द, भक्तपुर , नेपाल मेडिकल कलेज, जोरपाटी, मृगौला र मुटु सम्बन्धि सित्तैमा उपचार हुन्छ ।

डायलाइसिसपोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, कास्की , नारायणी उपक्षेत्रिय अस्पताल, विरगंज, पर्सा , कोशी अञ्चल अस्पताल, विराटनगर, मोरङ , जनकपुर अञ्चल अस्पताल, जनकपुर, धनुषा , गण्डकी मेडिकल कलेज, पोखरा, कास्की , युनिभर्सल कलेज अफ मेडिकल साईन्सेस, भैरहवा, रुपन्देही , कलेज अफ मेडिकल साइन्सेस, भरतपुर, चितवन , नेपालगञ्ज मेडिकल कलेज, नेपालगञ्ज, बांके , म्णिापाल शिक्षण्ँ अस्पताल, पोखरा, कास्की , राष्ट्रिय मृगौला उपचार केन्द्र, वनस्थली, काठमाडौं , वि एण्डविअस्पताल, ग्वार्खो, ललितपर , आरोग्य स्वास्थ्य प्रतिष्ठान, पुल्चोक, ललितुर, नेशनल डायलासिस सेन्टर, बसुन्धरा, काठमाडौं , सिद्धार्थनगर सिटी हस्पिटल प्रालि, बुटवल, रुपन्देही , अल्का अस्पताल प्रा लि, जावलाखेल, ललितपुर , चरक मेमोरयल हस्पिटल प्रा।लि, पोखरा, कास्की , हिमाल हस्पिटल प्रालि, ज्ञानेश्वर, काठमाडौं , भेनस अस्पताल, मध्य वानेश्वर, काठमाडौं , विरेन्द्र सैनिक अस्पताल, छाउनी, काठमाडौं , सुमेरु सामुदायीक अस्पताल, धापाखेल, ललितपुर , ग्राण्डी इन्टरनेशनल अस्पताल, धापासी, काठमाडौ, नेपाल स्वास्थ्य विकास तथा अनुसन्धान सहकारी लि, विराटनगर, मोरङ , नेपाल स्वास्थ्य विकास तथा अनुसन्धान सहकारी लि, विराटनगर, मोरङ , क्रिम्सन अस्पताल, मनिग्राम, ललितपुर , ग्रिनसिटी अस्पताल प्रा लि, धापासी, काठमाडौ , ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चावाहिल, काठमाडौ , लेकसिटी हस्पिटल एण्ड क्रिटिकल केयर प्रा लि, बगालेटोल, पोखरा , पुर्णटुङ विर्ता सिटी अस्पताल, विर्तामोड, झापा , जानकी हेल्थकेयर अस्पताल प्रा लि, जनकपुरधाम, धनुषा , विरा६नगर अस्पताल प्रा लि, विराटनगर, मोरङ , ओमसाई पाथीभारा हस्पिटल प्रा लि, भद्रपुर, झापा , किष्ट मेडिकल कलेज, इमडोल, ललितपुर मा मृगौलाको डायलाइसिस गरिन्छ ।
हेड इन्जुरी र स्पाइनल इन्जुरी
राष्ट्रिय ट्रमा सेन्टर, महांकाल,काठमाडौं , अन्नपुणर््ँ न्युरोलोजिकल एण्ड अलाइड साइन्सेज, माइतिघर, काडमाडौंमा हेड इन्जुरी र स्पाइनल इन्जुरीको उपचार हुन्छ ।
सिकलसेल एनेमिया, डायलाइसिस
राप्ती उपक्षेत्रीय अस्पताल दाङ , सेती अञ्चल अस्पताल, धनगढी, कैलाली , घोडाघोडि अस्पताल, सुख्खड, कैलाली , मेचि अंचल अस्पताल, भद्रपुर, झापामा सिकलसेल एनेमिया, डायलाइसिसको उपचार हुन्छ ।
मुट र डायलाइसिस
गौतमबुद्ध सामदायिक मुटु अस्पताल, बुटवल, रुपन्देही , बयोदा हस्पिटल प्रालि बल्खु, ललितपुरमा मुटु र डायलाइसिसको उपचार हुन्छ ।

सिकलसेल एनेमिया स् भेरी अञ्चल अस्पताल, नेपालगञ्ज, बांके , लुम्बीनी अञ्चल अस्पताल, बुटवल, रुपन्देही , महाकाली अञ्चल अस्पताल, महेन्द्रनगर , जिल्ला अस्पताल बर्दिया , जिल्ला अस्पताल नवलपरासी , जिल्ला अस्पताल कपिलबस्तुमा सिकलसेल एनेमियाको उपचार हुन्छ । डायलाइसिस, हेड इन्जुरी र स्पाइनल इन्जुरी गोल्डेन अस्पताल प्रा लि , विराटनगर, मोरङमा डायलाइसिस, हेड इन्जुरी र स्पाइनल इन्जुरीको उपचार हुन्छ । हेड इन्जुरी र स्पाइनल इन्जुरी, मुुुटु, डायलाइसिस भरतपुर अस्पताल, भरतपुर, चितवनमा हेड इन्जुरी र स्पाइनल इन्जुरी, मुुुटु, डायलाइसिस

यो सेवा सुविधा प्राप्त गर्न के कस्तो कागजात पेश गर्नु पर्छ ?

– विरामीको नागरिकताको प्रतिलिपि ९१६ वर्ष मुनिको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
– उपचारको लागि तोकिएको अस्पतालमा सिफारिस ।
– रोग पहिचान भएको चिकित्सकको पे्रसक्रिकप्सनको संक्षिप्त व्यहोरा ।
– उपचार सेवाका लागि सिफारिस गरिएको भन्ने र समितिको निर्णयको प्रतिलिपि पठाउने ।
– विरामी विपन्न नागरिक भएको व्यहोरा खुल्नु पर्ने । र तोकिएकोे ढाचाँमा निवेदन हुनुपर्ने ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments