Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

गौरादह, १८ पुष । ब्रहमाकुमारी राजयोग उपकेन्द्र गौरादह भवन निर्माण को लागि शिलान्यास गरिएको छ । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले एक कार्यक्रमका बिच भवनको शिलान्यास गरेका छन् ।

शिलान्यास गर्दै मन्त्री कार्कीले मुलुकमा भइरहेको जाती, धर्मको नाममा भइरहेको द्वन्द अन्त्यका लागि ब्रहमाकुमारी राजयोग, ओम शान्तिले पुर्याएको योगदानको चर्चा गरेका थिए । सामाजिक काम र शान्तिको बाटो निर्माण का लागि ज्ञान दिँदै विश्व शान्तिको कामना गरिरहेको ब्रहमा कुमारी राजयोगलाई धन्यवाद दिए ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

गौरादह वडा नं. २ मा राजयोगको भवन निर्माणका लागि स्थानीय रिता कार्कीले १ कठ्ठा ५ धुर जग्गा निशुल्क प्रदान गरेकी थिइन् । स्थानीय स्तरबाट संकलन गरिएको रकम बाट भवन निर्माण कार्य सम्पन्न गरिने राजयोग का प्रशिक्षक अर्जुन थपलियाले जानकारी गराए ।

भवन निर्माण कार्यका लागि उर्लाबारी का विष्णु सुवेदीले १ लाख, स्थानीय फडिन्द्र राज दाहाल, भुपालराज कट्वाल, लिलामणी घिमिरे, जयबहादुर कार्की र शुरेस बहादुर पौडेलले जनहि ५१ ह्जार १ सय ११ दिने प्रतिबद्धता जाहेर गरे । राजयोग गर्ने ध्यान केन्द्र, मेडिटेसन सहित आवासीय भवन निर्माण गरिने राजयोग सेवा केन्द्रका थपलियाले बताए ।

ओम शान्तिका प्रदेश प्रमुख गिता दिदि को सभापतित्वमा सम्पन्न शिलान्यास कार्यक्रममा उपमेयर गिता भेट्वाल, वडा नं. १ का वडाध्यक्ष नगेन्द्र भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया