Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

गौरादह, १८ पुस । महान जनयुद्धमा सहिद हुनु भएका विष्णु हस्दा ‘विकल्प’ को पिता मुन्सी हस्दाको ६८ वर्षको उमेरमा मृत्यु भएको छ ।
लामो समयदेखि क्यान्सर रोगको कारण ओक्ष्यान परेका हस्दाको बिहिबार राती ११ बजे निजि निवासमा निधन भएको परिवार श्रोतले बताएको छ ।

२००८ सालमा झापाको साविक तोपगाछी १ मा जन्मिनु भएका हस्दा हाल गौरादह वार्ड नं २ लोदाबारीमा स्थायी बसोवास गर्दै हुनुहुन्थ्यो । स्नातक सम्मको अध्ययन गरेको छोरा विष्णु हस्दा ‘विकल्प’ को जनयुद्धका क्रममा ०६० सालमा शाहदत भएको थियो ।

मजदुरी गरेर जसोतसो दुई छाक टार्दै गरेको परिवार बुबा मुन्सी हस्दा बिरामी भएर थलिए पछि चरम गरिबीको सामना गर्दै रहेको छ । शहिद परिवारलाई आवास बनाइदिने भनेर तत्कालीन माओवादी केन्द्रले ४ बर्ष अगाडि शिलान्यास गरेरको घर हाल सम्म पनि बनिसकेको छैन ।

नेपाल कम्युनिष्ट पार्टी गौरादह २ का अध्यक्ष शंकर कट्टेलका अनुसार दिवंगत हस्दाको अन्त्येष्टी आजै ११ बजे स्थानीय किस्नी घाटमो गरिने छ । सहिद पिताप्रति अनलाइन विचार डिजिटल खबर पत्रिका परिवार हार्दिक श्रदाञ्जली अर्पण गर्दछ ।

तपाईको प्रतिक्रिया