Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, १७ पुष । नेपालमा आगामी चैत्रदेखि उच्च गुणस्तरीय युरो–६ मापदण्डको पेट्रोलियम पदार्थ बिक्रीका लागि तयारी सुरु गरेको छ । यसैअनुरूप इन्डियन आयल कर्पोरेसनका प्रतिनिधिसँगै युरो–६ पेट्रोल प्रयोगमा ल्याउन आयल निगमको डिपोमा अध्ययन थालेको छ । थानकोट र त्रिभुवन विमानस्थल डिपोको स्तरोन्नतिका लागि काम सुरु गरिएको भट्टराईले जानकारी दिए ।

उनका अनुसार युरो–६ सञ्चालनपूर्व थप सुरक्षाको व्यवस्था गर्नुपर्ने छ । भण्डारण ट्याङ्की तथा पेट्रोल बोक्ने ट्याङ्करको सफाइ र डिपोमा अर्थिङ गर्नुपर्ने उनको भनाइ छ । युरो–६ को पेट्रोल बढी संवेदनशील हुने र चट्याङका दृष्टिले जोखिमपूर्ण हुने भएकाले सबै डिपोको अर्थिङ फेर्नुपर्ने प्रारम्भिक अध्ययनमा देखिएको भट्टराईको भनाइ छ । हाल नेपालमा मासिक ५० हजार किलोलिटर पेट्रोल, एक लाख ४० हजार किलोलिटर डिजेल र २२ सय किलोलिटर मट्टितेल खपत हुन्छ ।

भारतमा आगामी अप्रिलदेखि युरो–६ लागू हुने भएपछि नेपालमा पनि लागू गर्न लागिएको हो ।गोरखापत्र

तपाईको प्रतिक्रिया