Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

धनगढी, १७ पुष । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले सात वटै प्रदेशमा एकीकृत कार्यालय स्थापना गरी सञ्चार क्षेत्रलाई दिने सम्पूर्ण सेवा सुविधाहरुले दिइने बताएका छन् ।

नेपाल पत्रकार महासंघ कैलालीको विहीबार भवन उद्घाटन गर्दै मन्त्री बास्कोटाले प्रेस काउन्सिल, सूचना तथा केन्द्र लगायतले दिने सेवा सुविधाहरु दिनका लागि मन्त्रालयले सातै प्रदेशमा कार्यालय स्थापना गर्ने तयारी गरेको बताए । उनले यसले गर्दा पत्रकारहरुलाई साना–साना कामका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य हुने बास्कोटाले बताए।

उनले भने, पत्रकारहरुले कसैप्रति आश्रित नहुने र आफ्नै सञ्चार माध्यमप्रति आश्रित हुने गरी स्वतन्त्र, सबल, बलसाली बनाउन आफू र आफ्नो टीम लागि परेको छ । कहिले काही पत्रकारहरुलाई हातमा भइकोे कलम तरवाल चलाएको जस्तो गर्नाले समस्या हुने गरेको बताउँदै सञ्चार क्षेत्रले चिनेका नेताको दवाव गराउन नपर्ने गरी कानून बनाइरहेको समेत बताए । मिडियाले जे देख्छ, फ्याक्ट चेक गरेर लेख्छ, त्यसबेला मात्रै मिडिया स्वतन्त्र हुन्छ उनले बताएका छन् ।

अब बन्ने समानुपातिक विज्ञापन नीतिले विज्ञापनका लागि मिडियालाई सामानुपातिक रुपमा विज्ञापन वितरण गर्ने मन्त्री बास्कोटाले बताए । उनले दोहोरो सुविधा दिन नमिल्ने भएकाले लोककल्याणकारी विज्ञापन भने कटौती हुने बताए ।

तपाईको प्रतिक्रिया