Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, १७ पुष । सीमा अतिक्रमणको विषयमा राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका प्रमुख सचेतक खिमलाल भट्टराई प्रस्तावक र प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसकी सरिता प्रसाईको समर्थनमा प्रस्ताव दर्ता भएको हो ।

प्रस्तावमा नेपाली भूमिबाट भारतीय सेना हटाउन, कुटनीतिक पहललाई अझै सशक्तताका साथ अघि बढाउन र नेपाल भारत उच्च स्तरीय प्राविधिक समितिको पहललाई निष्कर्षमा पुर्याउन भूमिका खेल्न सरकारलाई आग्रह गरिएको छ । प्रस्तावमाथि परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले छलफल भइरहेको जानकारी दिएका छन् ।रासस

तपाईको प्रतिक्रिया