Online Bichar
मंगलबार, जेठ १२, २०८३ | Tuesday, May 26, 2026

दमक,१६ पुस । इलामको चुलाचुली-३ स्थित सुर्योदय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई बुधबार जाडोका लागि न्यानो कपडा वितरण गरिएको छ ।

घुम्ती शिविरमार्फत झापाको कमल गाँउपालिका वडा नम्बर-६ स्थित साझा कपडा बैकले एक कार्यक्रम गरि विद्यालयमा अध्ययनरत ६६ जना विद्यार्थीलाई जाडोका लागि लत्ताकपडाहरु वितरण गरिएको कपडा बैकका अध्यक्ष कृष्ण बहादुर भण्डारीले बताएका छन् ।

अभिभावक संघका अध्यक्ष डिकबहादुर राईको अध्यक्षतामा भएको सो कार्यक्रममा कपडा बैकका प्रतिनिधि,सुन्दर समाज नेपालकी अध्यक्ष रुपा सेलिङ्गसहित,विद्यालयका प्रधानाध्यापक भोजराज बुढाथोकी लगायतले लत्ताकपडाहरु वितरण गरेका कपडा बैंकका सदस्य हरिप्रसाद घिमीरेले जानकारी दिए ।

सो संस्थाले गत मंसीर १६ गतेदेखि विपन्न समुदायलाई लक्षित गरि अभियान सञ्चालन गरिआएको छ । त्यसक्रममा १५ सय मानिसले लत्ताकपडाहरु लगिसकेका कपडा बैंकका सदस्य कल्पना आचार्यले जानकारी दिईन् ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments