Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

गौरादह, १६ पुष । झापाको गौरादहमा नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भका साथै टोपी दिवशलाई राष्ट्रिय पोसाक दिवसको रुपमा मनाएका छन । गौरादह नगरपालिकाको सहयोगमा गौरादह जेसिज, लायन्स क्लब अफ गौरादह, लायन्स क्लब अफ गौरादह ग्रिन सिटि, लियो क्लब अफ गौरादह, आरम्भ फाउन्डेसन झापा, गौरादह यूवा जागरुक समुह र गौरादह सरोकार समाजको संयुक्त समन्वयमा संचालन गरिएको कार्यक्रममा गौरादह तथा आसपासका क्षेत्रबाट स्वतस्फुर्त रुपमा टोपि दिवस मनाउन सहभागी भएका थिए ।

राष्ट्रिय पोसाक दिवस मनाउन सहभागीहरुले डिपु चौकबाट प्रभात फेरि सुरुभइ बजार परिक्रमा गरि कोण सभामा परिणत भएको थियो । टोपी दिवसलाई यस वर्ष देखि परिवर्तन गरि राष्ट्रिय पोसाक दिवसको रुपमा मनाइएको गौरादह जेसिजका पूर्वअध्यक्ष क्रान्तिदिप काफ्लेले जानकारी दिए । राष्ट्रिय पोसाक दिवस मनाउन उपस्थित भएका सहभागीहरुले नेपाली राष्ट्रिय पोसाक दौरा,सुरुवाल,कोट,टोपि लगाएका थिए । महिलाहरुले समेत टोपि लगाएका थिए ।

गौरादह नगरपालिकाकी उपमेयर तथा कार्यक्रमकी प्रमुख अतिथि गिता भेट्वालले शान्तिका प्रतिक एक जोडी परेवा उडाएर कार्यक्रमको उद्घाटन गरेकि थिईन । सो अवसरमा गौरादह नगरपालिका भित्र पर्ने निर्माणाधिन पर्यटकिय गन्तव्यहरुको ब्यानर सहित सहभागिता जनाएका थिए ।

स्वागत मन्तब्य सहित कार्यक्रमको औचित्यमा माथि प्रकाश पार्दै स्थानिय खगेन्द्र न्यौपानेले हामीमा नेपाली पन हराउदै गएकाले संस्कृति र पहिचान जोगाउन आवश्यक रहेको बताए । नेपालीहरुले आफ्नो पहिचान बिर्सेर अन्तराष्ट्रिय पोसाक लगाइ हिडिरहेको समयमा टोपि दिवसको अवसरमा राष्ट्रिय पोसाकमा सजिएर नेपाली पनको उत्साह र उत्प्रेरणा जगाएकोमा खुशि व्यक्त गरे । भावि सन्ततिलाई समेत राष्ट्रियता जगाउन राष्ट्रिय पोसाक लगाउनु पर्ने बताउदै ढाका टोपि नेपालीको पहिचान र चिनारि रहेको कविता मार्फत जानकारी गराएका थिए ।

लायन्स क्लब अफ गौरादह अध्यक्ष डा.तिलक खनालको सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरादह नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खेमराज ओझाले शुभकामना मन्तब्य राखेका थिए । गौरादह जेसिजका पूर्व अध्यक्ष क्रान्तिदिप काफ्लेले कार्यक्रम संचालन गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया