Online Bichar
बिहिबार, बैशाख २०, २०८१ | Thursday, May 2, 2024

काठमाडौं, १६ पुष । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थीलाई सकेसम्म घरपायकका विद्यालयमै पढ्न अनुरोध गरेको छ । मन्त्रालयले हालै जारी गरेको शिक्षा नीतिमा यस्तो अनुरोध गरेको हो ।

राम्रो विद्यालयको नाममा घण्टौ समय लगाएर टाढा टाढाका विद्यालयमा विद्यार्थी पढ्न पठाउँदा उनीहरुमा मानसिक असर पर्नेदेखि समयसमेत बर्बाद हुने भएकोले घर नजिकको विद्यालयमै पढ्न उचित हुने मन्त्रालयले जनाएको छ । पछिल्लो समय विद्यार्थीलाई टाढाको स्कुलमा पढ्न पठाउँदा सडक जाम हुने समस्या पनि बढेको छ । सडक जाम बढेकै कारण सरकारले उपत्यका भित्रका विद्यालयमा नौ बजेभित्र नै विद्यार्थी लगिसक्नुपर्ने नियम बनाएको छ ।

शिक्षा नीतिमा विद्यालयको नक्साङ्कन गर्ने विषय पनि समेटिएको छ । यो व्यवस्था कार्यान्वयनमा आएमा अहिलेजस्तो मनपरी रुपमा विद्यालय खोल्ने व्यवस्थाको पनि अन्त्य हुनेछ ।अन्नपूर्णपोष्ट

तपाईको प्रतिक्रिया